साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुखियाको बेचैनी

Nepal Telecom ad

 height=डबलीमा निकै खैलाबैला मच्चिएको थियो । कोही कता दगुर्थे । कोही कता ? बरण्डा खचाखच भरिएको थियो । {{read_more}} मुखियाको रिसको पारो एकैचोटी ह्वात्तै बढेको सबैले देखेका थिए । तर कारण के हो ? कसैलाई अत्तोपत्तो थिएन । सबै उत्सुकता पूर्वक मुखियाको अनुहार नियाल्ने धूनमा थिए । मुखिया अस्ति भर्खरै अरु सबै एकातिर उसलाई एकातिर राख्दा उसकै तौल बढि हुने भाषणको अँश सम्झेर पछुतो मान्दै थिए । 

आफ्नो भाषणको मसि पनि नसुक्दै यस्तो अनपेक्षित समाचार पढ्नु पर्दा विछिप्त जस्तै भएका थिए । झन् त्यो अडियो रेकर्ड गर्ने मान्छे ले “एक डेढ महिना अगाडि नै आफूले मुखियालाई उक्त अडियो मुखियाको हातमा दिएको थिएँ “भनेर ठूला पत्रिकाहरूको ब्यानर न्यूज बनेको देख्दा मुखियाको कन्सिरी तात्नु स्वभाविक नै हो । के गर्नु ? सडकमा रहेको मान्छेलाई आफैले त्यहाँसम्म पुर्याउने काम गरेँ । आज पछुताउनुको के अर्थ छ र ?

धेरै साथीहरूले “यसलाई बढी नै पुल्पुल्याउनु भयो ।“ भनेर नभनेका होइनन् ? तर आफैले धुरीमा चढाएँ । झन् आफ्नै धर्म पुत्र जस्तो गरी आफ्नो घरमा नै गाँस बासको व्यवस्था गरिदिएँ । अहिले अरु कसलाई दोष दिनु र ?

मुखियाको बेचैनी देखेर सबै छक्क परेका थिए । न उनलाई सोध्न सक्थे । न त छटपटी समन गर्न सक्थे । किं कर्तव्य विमुढ भएर सबै जना मुखियाको मुख ट्वाल्ल परेर हेर्थे मात्र ।

एक छिन पछि मुखियाले सबैलाई आफ्नो आफ्नो घर जान आदेश दिए । सबै आफ्नो आफ्नो घर लागेपछि मुखियाले अर्को सहयोगी विश्वास पात्रलाई बोलाएर यो अडियोको प्रकोपबाट बच्न के गर्ने होला ? तिमीले एक घण्टामा मलाई सुझाव देऊ भनेर टेवलमा घुप्लुक्क घोप्टो परेर सुतेँ ।

एक घण्टापछि मुखियाको कोठामा पुग्दा उनी “त्यो डाँकालाई छिटो निकाल !!!” भनेर बर्बराउँदै थिए । मुख्खिनी झट्पट एम्बुलेन्सलाई कल गर्न अनुरोध गर्दै थिइन् । मुखिया “ओडार नपाउनेले भँडार पाएपछि गर्ने यस्तै हो” भनेर सुँक्कसुँक्क गर्दै थिए ।

मड्गाल जोरपाटी
२०७६÷११÷९

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालिदासकाे ‘क’

कालिदासकाे ‘क’

गोपाल बराल
0
Would love your thoughts, please comment.x
()
x