साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ नेपालको निर्माणसूत्र

Nepal Telecom ad

सोझा पशु बली गर्ने ईश्वरमा गर भाकल,
सोझा रूख सबै फाँड, बङ्ग्याइदेऊ जङ्गल,
मलिला फाँट यी पूरै सिमेन्ट–ओडारले भर,
बाटाघाटा बिगारेर हिलोआली त्यहाँ गर ।।

फोहर्ले देश यो भर्नू, दुर्गन्धै गन्ध पूर्ण होस्,
दुर्दुर गर्ने मुलुक भन्दै दुनियाले पनि चिनोस्,
नगर गाउँ दिसामुक्त भएको घोषणा गर,
पोखरी र नदीनाला गुहूमूत ढलले भर ।।

ऊर्जा बिजुली चाहिन्न, हाम्रो जाति निशाचर,
कुम्ल्याऊ कमिसन सक्दो इमानको भाउ हुन्छ र ?
उपभोक्ता रहू केबल, उत्पादन देशमा नहोस्
विदेशीहरूको मात्रै बेपारको फलीफाप होस् ।।

छल, झूट र नक्कलको पाठशाला खुला गर,
विनाधूर्त्याइँ सुध्रेको कसैको इतिहास छ र ?
युवालाई विदेश खेद, बृद्धवर्चस्व राजनीति,
ज्ञानी र बुद्धिमान् देशमा हुँदै नहुन् सितीमिती ।।

छिमेकी साध्नु क्यै पर्दा, घरसल्लाह निषेध छ,
दक्षिण एसिया बीचको नेपाल देशै विचित्र छ,
भनी चिनून साराले, त्यै होला पहिचान ठूलो,
नयाँ चिनारीले पारौँ पूर्व सान धूलोमूलो ।।

अङ्ग्रे्जी मात्र हो सभ्य शिष्ट मान्छे बनाउने,
नेपाली पनि के बोल्नु ? बोले आफै गनाउने,
छोराछोरी सबैलाई जादू अङ्ग्रेजी लाइदेऊ,
नेपाली नामका भाषा सारा डाँडा कटाइदेऊ ।।

‘उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर’,
नठोकी ढाडमा डन्ठा सोझो कहाँ बनिन्छ र ?
ठोकेरै जनतामाथि नेता हो गर शासन,
इतिहास त्यसैबाट लेखिने हो तिमीकन ।।

मनमैजू, काठमाडौं
२०७० फागुन १६ गते

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x