साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बने नयाँ सरकार बन्छ

Nepal Telecom ad

न संविधान बन्यो
न फेरि संबिधान बन्छ
संविधान भन्दा त यहाँ
छिटो छिटो
नयाँ सरकार बन्छ ।

संविधान
न नेतालाई चाहियाछ
न जनतालाई चहियाछ
जनताले त
शान्ति र विकास रोज्याछन्
तर नेताले
देस बने पनि नबने पनि
सधैं सत्ता र कुर्सी खोज्याछन् ।

विकास होस् वा नहोस्
नेतालाई बजेट चाहिएको छ
किनभने
काम नभए पनि
कागज देखाउदै कमिसन पाइएको छ
त्यसैले
न संविधान बन्यो
न फेरि बन्छ
त्यो भन्दा पनि छिटो
फेरि नयाँ सरकार बन्छ ।

नेता चाहन्छन्
जनता गरिब होऊन्
देश झन गरिव होस्
नेतालाई माग्ने भाँडो चाहिएको छ
किनभने
भिखमा पनि कमिसन पाइएको छ ।

भैंसी दुब्लो होस् कि मोटो
जुकालाई रगत भए भो
गरिब होस् कि धनी
नेतालाई जगत भए भो
यहाँ नेताले
आफू सरकारबाट हटेपछि
नयाँ सरकारको आयु गन्छ
संविधान बनाउने काम कसैले गर्दैन
तर सरकार
सबैले म बनाउँछु भन्छ
त्यसैले फेरि पनि
न संविधान बन्यो, न बन्छ
बन्यो भने पनि
अर्काे नयाँ सरकार बन्छ ।

यहाँ सबै नेतालाई
संविधान लेख्ने भन्दा पनि
मन्त्री प्रधानमन्त्रीमा नाम लेखाउनु छ
कसैले नचिने पनि
पनातिलाई आफ्नो फोटो देखाउनु छ
त्यसैले
न संविधान बन्यो
न फेरि बन्छ
हेर्दै जानुस्
त्यो भन्दा त छिटो
अर्को सरकार बन्छ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x