साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पीना सुक्दै गर्छ प्रिय !

Nepal Telecom ad

हजुर एउटा कुरा भनौं ?
‘भन न प्रिय !’
मनको कुरा खोलौ ?
‘खोल न प्रिय !’
हजुर चोर हो र ?
‘कस्ले भन्यो प्रिय ?’

हजुर चोर रे !
उत्तिकै फटाहा पनि रे !
स्वार्थीको भाँडो रे !
देशको घाँडो रे !
ढाँट अनि लुच्चो रे !
मुखको साह्रै छुच्चो रे !
हेर्दाखेरी अगुवा रे !
तर बाटो हगुवा रे !
विकासबाट टाढा रे !
गुण्डाभन्दा छाडा रे !
भन्छन् यस्तै कति कति !
खै के आएको हो मति ?

‘छोडिदेऊ प्रिया, नो ओरी’
‘कसैको लुटेको छु थोडी !’
‘के इमानले बन्छ घर ?’
‘के जमानले मिल्छ तर ?’
‘के इज्जतले किन्छौ ग्यास ?’
‘के स्वाभिमानले मेट्छ्यौ प्यास ?’
‘छोड प्रिय ! जीवन एकल छ ।’
‘मृत्यु देखल छ ।’

‘खुरापाती छुराले सत्ताको
घाँटी रेट्न सक्नु पर्छ ।’
‘खसिको टाउको राखी
कुकुर बेच्न सक्नु पर्छ ।’

‘छोड्देऊ प्रिय !
स्याल कुद्दै गर्छ, कुत्ता भुक्दै गर्छ,
काग कराउँदै गर्छ, पीना सुक्दै गर्छ ।’

वीरगन्ज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x