साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खसीको खपत

Nepal Telecom ad

पोहोर-परारको तुलनामा यस वर्षको दसैंमा कांग्रेसीहरूले बेसी खसी काटेका छन् । नेपाली कांग्रेस पार्टीको वृत्तमा पहाडे एवं तराइन खसीको राम्रै खपत भयो । यसको दुई कारण हुनसक्छ । एक त सामान्य नै हो । दसैंको अवसरमा खसी-बोकाको बलि दिने चलन छ । यही नेपाली समाजको अविच्छिन्न सांस्कृतिक परम्परा हो । र कांग्रेसीहरू पनि अन्ततः नेपाली नै हुन् भन्नेमा के शंका छ ? अर्काे कारण अर्थसँग सम्बन्धित छ । बर्डफ्लुको प्रकोपले कुखुराको अभाव भएकोले खसी असाध्यै महँगो भयो । तथापि कांग्रेसीजनले सजिलैसित बजारबाट खसी खरिद गरे । यसले नेपाली कांग्रेस पार्टी र यसको नेता/कार्यकर्ताहरूका आर्थिक सबलतालाई देखाउँछ । वास्तवमा कांग्रेसको आर्थिक दृढतामा कुनै खसीले प्रभाव पार्न सक्दैन । (यसमा खसीका साथसाथै बोकाहरूलाई पनि सामेल गर्नाेस्) यी दुई -सांस्कृतिक र आर्थिक) सँगसँगै तेस्रो कारण पनि मौजुद छ । अर्थात् राजनीतिक कारण । सबैलाई थाहा नै छ, केही दिनअघि जेलबाट पाका कांग्रेसी नेता खुमबहादुर खड्का छुटेका छन् । ठ्याक्कै दसैंको बेलामा उनी जेलमुक्त भएकाले खुसीको आवेगमा कांग्रेसीहरूले भटाभट खसी-बोका ढालेका हुन् ।
नेपाली कांग्रेस पार्टीका नेता खुमबहादुर खड्का जेलबाट बाहिरिँंदा उनको धुमधामले विशिष्ट प्रकारको स्वागत भयो । छोटे-बडे कांग्रेसी कार्यकर्ता (नेताहरू पनि) अपार उत्साहसाथ बाजागाजाको लस्कर अघि-पछि लाएर आफ्नो नेता रहेको जेलमा पुगेका थिए । संयोगले मेरो एक मित्र पनि त्यही जेलको बाटो भएर हिँंडिरहेको थियो । -उसको घर उतै कतै हो क्यारे) कांग्रेसी नेता खुमबहादुरलाई जेल बाहिरको धर्तीमा उभिएको देखेर मेरो मित्र टक्क अडियो । शिरदेखि पाउसम्म रातो अबिरले ढाकिएका नेता खड्का भ्रष्टाचारको केसमा जेल परेका थिए भन्नेमा मित्रलाई अलिकति पनि विश्वास भएन । मित्रको यो अविश्वासमा मेरो पनि बलियो साथ छ । जो, जसले र जेसुकै भने तापनि मेरोलागि खुमबहादुर खड्का भ्रष्टाचारी हुनै सक्दैनन् । उनी एक सदाचारी नेता हुन् । सायद भूलवश सदाचारको स्थानमा भ्रष्टाचार हुनगयो । कहिलेकाहीं प्राणहीन शब्दहरूले पनि ठूलो गोलमाल गर्ने गर्छ । एक्कासी अदल-बदल हुन्छ । र भयानक अर्थत्रुटि हुनजान्छ । के नेता खुमबहादुरको मामिलामा यही भएको होइन र ? यसो ता कट्टर कांग्रेसीहरूका आँखामा सदाचार र भ्रष्टाचारमा त्यस्तो कुनै खास अन्तर पनि रहेको छैन । यसको पुष्ट प्रमाणको रूपमा जेलबाट भर्खरै खुलामा पदार्पण गरेका कांग्रेसी नेता खुमबहादुर खड्कालाई नै लिए हुन्छ । नेताजीलाई साक्षात जेलबाट छुटेको अपूर्व दृश्य देख्ने मेरो मित्रको भनाइअनुसार उनको लम्ब गलामा यामानको फूलमाला थियो रे ! यत्रो भारी भरकम फूलमाला उसले पहिले कहिल्यै पनि देखेको थिएन रे ! तीस-पैंतीस किलो जतिको फूलामाला थियो रे ! यति वजनदार फूलमाला धारण गरेर पनि खुमबहादुर अलिक पनि झुकेको -अथवा लच्किएको) अवस्थामा थिएनन् रे ! बरु तनक्क तन्किएर शानले जेलको मूलगेटमा खडा थिए रे ! अन्तिम \’रे\’को प्रयोग गरेर म मित्रको अनुभव सुनाउँछु- नेपाली कांग्रेस पार्टीका नेता खुमबहादुर खड्का त भ्रष्टाचारीको साटो सम्पूर्ण सदाचारको प्रतिमूर्ति लागिरहेका थिए रे !
नेपाली कांग्रेस पार्टीका नेता खुमबहादुर खड्कासम्बन्धी मित्रको बखान सुनेर मलाई एउटा पुरानो कुराको याद आयो । अर्का वरिष्ठ कांग्रेसी नेता चिरञ्जीवी वाग्ले पनि खुमबहादुर खड्का सरहका भ्रष्टाचारी थिए । तथापि जेलबाट निस्कँदा उनले आफ्नो समकालीन खुमबहादुरले जस्तै भव्यतम् स्वागत पाउन सकेनन् । अहिले त त्यो फिका-फिका स्वागत दृश्यलाई सबैले विस्मृतिको गर्भमा फ्याँकी पनि सकेका होलान् ! कुन्नि, मैले कसरी सम्झेंँ ! यो एकाएकको सम्झना सँगसँगै मेरो मनमा प्रश्न पनि आयो- आखिरमा समान स्तरका कांग्रेसी र कांग्रेसीमा यस प्रकारको असमान भेदभाव किन ? लगत्तै अर्काे प्रश्न पनि उब्जियो- खुमबहादुर खड्का र चिरञ्जीवी वाग्लेका भ्रष्टाचारमा के कुनै तात्त्विक भिन्नता रहेको छ ? यस्तै एक अर्का परम भ्रष्टाचारी जयप्रकाशप्रसाद गुप्ताले पनि जेलबाट छुट्टी पाउँदा -पुरा म्याद गुजारेर) कुनै गतिलो स्वागत हासिल गर्नसकेका थिएनन् । यसको कारणचाहिँ म राम्ररी बुझ्छु । गुप्ताजी एक भूतपूर्व कांग्रेसी नेता भएकाले यस्तो भएको हुनुपर्छ । मतलव कांग्रेसीजनबाट अस्वागत । तर चिरञ्जीवी वाग्ले त शत-प्रतिशत वर्तमान कांग्रेसी नै हुन् ।

अन्त्यमा,
नेपाली कांग्रेस पार्टीका नेता खुमबहादुर खड्काको स्वतन्त्रताले कांग्रेसी जगतमा अतिशय खुसियाली छाएको भए तापनि उनी पहिले रहेको जेलमा भने गाढा उदासीको वातावरण व्याप्त छ । त्यहाँ रहेका पकेटमार, ठग, चोर, लुटेरा, गुन्डा, तस्कर, कालाबजारी, डाँका, डन, हत्यारा, बलात्कारी, भ्रष्टाचारी आदिले खुमबहादुरको अनुपस्थितिमा एकदम उदास-उदास भएर दसैं मनाए ।

इ-कान्तिपुर डटकमबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x