साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलमका हिँसाहरु !

Nepal Telecom ad

कहिले
तिम्रा कलमहरुले
मान्छेका शिर र छातीहरुमा
थाम्नै नसकिने
ताज र तक्माहरु पहिर्‍याउँछन्
र उनीहरुलाई
आकाशमै चढाउँछन् 

कहिले
तिम्रा कलमहरुले
मान्छेका शिर र छातीहरुमा
थाम्नै नसकिने
तीर र तरवारहरु चलाउँछन्
र उनीहरुलाई
पातालमै खसाल्छन्

तिम्रा कलमहरुले
विवेक पुर्‍याएको दिन
अँधेरो रातमा पनि
ढकमक्क
फूल फुले जस्तो हुन्छ
तर,
तिम्रा कलमहरुले
होश हराएको दिन
चकमन्न
घाम लागेको बेला पनि
अँधेरो थोपर्न खोजे जस्तो हुन्छ

त्यसैले मलाई
भन्न मन लाग्छ
जति महान छन्
तिम्रा कलमका विवेकहरु
त्यति नै तुच्छ छन्
तिम्रा कलमका हिँसाहरु !

काठमाण्डौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x