साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब प्रतिपक्षमा व्यङ्ग्यकार

Nepal Telecom ad

काङ्ग्रेस, एमाले, एमाओवादी एक्कै ठाउँ 

प्रतिपक्ष खोज्न कतातिर जाऊँ ?
कतै नजाऊँ, यतातिर आऊँ
प्रतिपक्षको भूमिका व्यङ्ग्यकारको नाउँ ।

उनीहरू सत्ताधारी, हामी कलमधारी
उनका चिल्ला गाडी, हाम्रा छुस्स दाह्री
कुर्सीमा उनीहरू चारखुट्टे, हामी जहिले पनि दुइखुट्टे
उनीहरू हाम्रो नोट हेर्ने, हामीहरू उनीहरूको खोट हेर्ने ।

उनीहरू हाम्रा कुरालाई ध्यान पनि दिँदैनन्,
हामी उनीहरूलाई लाइन बसेर भोट दिन्छौं
हाम्रै मानो खाएर पनि उनीहरु हाम्रा कुरा गर्दैनन्
हामीहरू आफ्नो मानो खाएर उनीहरूका कुरा गर्छौं ।

देश उनीहरू पनि बनाउने, देश हामी पनि बनाउने
उनीहरू पढ्दा गन्हाउने, हामीहरू सुँघ्दा गनाउने
उनीहरूको सरकार चले चलोस्, नचले नचलोस्
तर हामी व्यङ्ग्यकार यो प्रतिपक्ष चलाउने, चलाउने ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x