साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बम् भोले, रहस्य खोले

Nepal Telecom ad

बम् बम् भोले । महा–शिवरात्रीको कुम्भ मेला । नाङ्गा बाबा शिवजीका चेला, नाङ्गी बाबी पार्वतीकी चेली । चिसोमा थरथर काम्दै बुटी सररर्र । खरानी घसेरमात्र नत्र दुर्गन्ध फररर्र । तरुनी जति बाबाजीतिर तन्नेरी जति बाबीजीतिर नजर लाछन्, भजन गाछन् । बुटी तान्नेलाई बुटीको सुर नतान्नेलाई पनि अरुले तानेको धुँवाले लट्ठ । दिनभर लाईनमा लागेर लखतरान परेर दर्शन गरे रे कतिले त । शिवरात्रीमा त बैध रुपमानै बुटी तान्न पाईन्छ क्यार त्यै भएर त सबै बुटीमै मस्त ।
गजबको कुरा त यो पो छ त, शिवजी त भाङ धतुरो खाएर लट्ठ परेर नाङ्गै हिँडेछन् र बाबाहरूले त्यै सिको गरेछन् तर पार्वती कहिले नाङ्गैै हिँडिछन् ? बाबीहरू पनि आउन थालेछन् । नाङ्गै बसेर तमासा देखाउन नि पाईने अनि फर्किन खर्च पनि पाईने क्या मोज ! हुन त मोडलहरू नाङ्गिए भने करोडौ दाम पाउँछन् यिनले त सामान्य बाटो खर्च त पाउँदा हुन् । सायद नेपाली उखानलाई चरितार्थ गर्नलाई होला, ‘ताली एक हातले बज्दैन’ । युवतीहरू शिवजी जस्तै भाङ्ग धतुरो खाने अनि तान्डव नृत्य गर्ने वर पाउँ भनेर ब्रत समेत बस्छन् तर यसको रहस्य बुझिनसक्नु छ । साँच्चिनै तेस्तै वर पाए भने चित्त बुझाउलान् त ? मलाई पत्यार लाग्दैन ।
दिनभरि पशुपतिमा अनि रातमा धुनी बालेर चोक चोकमा शिव धुनी सँगै धतुरिनेहरू त प्रशस्तै भेटिन्छन् त । तिनै मध्ये छाने त भै हाल्यो, के को तीर्थ गर्नु प¥यो के को ब्रत ? धर्मान्धहरूको कथा पनि बिचित्रकै सुनिन्छ । आफ्ना पतिहरू छोडेर कोही त भारततिर गई राधे राधे भनेर बसेका छन रे, घरबार छाडेर । त्यहाँ पनि रहस्यै छ, नत्र आशाराम किन फस्थ्यो बेपत्तासँग । नेपालमा पनि धर्मसेवकहरूका अखडा बढ्न थालेका छन् । कतै धर्मान्धहरूको बडोत्तरी देखेर नै त हैन । बेलैदेखि चेतना भया । जय भोले, रहस्य सबै खोले ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x