साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुम्बकीय चुम्बन महिमा

Nepal Telecom ad

पश्चिमाका अक्कलमा युवा पर्या छ
चुम्बनले गिदीभित्र लिदी भर्या छ
विकृतिले रोजगारी बढ्न थाल्या छ
गनाउनेको ओठ पनि चुस्न थाल्या छ ।

ओठ चुस्ने प्रतिस्पर्धा जित्नु पर्या  छ
चमत्कारले बलात्कार गर्न खोज्या छ
चुम्बनले सीमा किन नाघ्नु पर्या छ
गाला छाला खाला जाओस् जित्नु पर्या  छ ।

चुम्बनले भोकतिर्खा मेट्ने गर्या छ
घोडा चढ्या देखेपछि धुरी चढ्या छ
विदेशीको नाङ्गो नाच खेल्नु पर्या छ
पितामाता के ठान्दा हुन् सोध्नु पर्या छ ।

पश्चिमाका भूत जति यता सर्या छ
परिपाटी पछ्याएर पङ्गु बन्या छ
चुम्बनको होडबाजी जित्नु पर्या छ
संस्कारलाई कलङ्कले गाँज्ने गर्या छ ।

चुम्बनको चहलपहल चलिराख्या छ
प्रेमप्रेमी चमेना नै चुम्बन बन्या छ
प्रेमभित्र चुम्बनको चुम्बक बन्या छ
शिक्षणसंस्था चुम्बनको केन्द्र बन्या छ ।

विज्ञापन चुम्बनकै प्रतीक बन्या छ
सरकार मौनदर्शी बन्ने गर्या छ
चुम्बकीलाई पुरस्कार दिने गर्या छ
रोजगारीको एउटा काम यल्ले गर्या छ ।

युवाशक्ति अलमल्याउने बानी पर्या छ
चुम्बनकै छुट्टै कलेज खोल्नु पर्या छ
चुम्बनले देशको विकास गर्नु पर्या छ
चुम्बनकै पाठ्यपुस्तक लेख्नु पर्या छ ।

ट्याङ्ला, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
टाउकाकै खेल, टाउके नै खेलाडी !

टाउकाकै खेल, टाउके नै...

घिमिरे ‘मैदेली’
धन्य नेता नेपालका !

धन्य नेता नेपालका !

घिमिरे ‘मैदेली’
सुशासन कि घुशासन ?

सुशासन कि घुशासन ?

घिमिरे ‘मैदेली’
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x