साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकसय रुपैयाँ बाँकी छ

Nepal Telecom ad

दिर्घरोगी आमालाई डाक्टर जचाउन सय रुपियाँ लाग्छ
छोरालाई स्कुल भर्ना गर्न पनि सय रुपियाँ नै लाग्छ
आमाको वास्ता नगरी छोरो भर्ना गर्न पनि सकिनँ
छोरोको वास्ता नगरी आमालाई जँचाउन लान पनि सकिनँ ।

आमाको अनुहार देखेपछि भोक हराउँछ
छोराको अनुहार देखेपछि निद्रा हराउँछ
श्रीमतीको ट्वाल्ल हेराइले मेरो मुटु कमाउँछ
अनि आफैंसँग मेरो आफ्नो लाज हराउँछ ।

बेच्न बाँकी अब श्रम मात्र छ, कोही किन्दैन
माग्न बाँकी अब इश्वरसँग मात्र छ, ऊ दिँदैन
बेच्न अब मसँग इमान र धर्म बाँकी छ
धेरै भेटेको छु ग्राहक तर अझै यो सय रुपियाँ बाँकी छ ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x