साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बधाई छ, सरकारले परिबर्तन ल्यायो

Nepal Telecom ad

एक वर्ष पनि नपुग्दै सरकारले परिबर्तन ल्यायो
प्रतिपक्षको बिरोधका बाबजुद ल्यायो
सबै दलको सहमति जुटाई ल्यायो
बिदेशीको हस्तछेप टुटाई ल्यायो
सबैको चित्त बुझाई ल्यायो
सहिदका सपना साकार तुल्याई ल्यायो
सदन, सडक, समिति, उपसमिति सहमति ल्यायो
आपसी मेलमिलापको बातावरण मिलाई ल्यायो
सबैका ओठमा सुभकामना र सदभाव ल्यायो
देशलाई समयानुकुल अगाडि ल्यायो
नयाँ नयाँ तिथि मिति सुझाई ल्यायो
जनतामा उल्लास उमग ल्यायो
डटेर ल्यायो, लडेर ल्यायो
कसैसँग शिर नझुकाई ल्यायो
सिङ्गै देशलाई अगाडि ल्यायो
हिजो सम्म २०७० साल थियो
आज त झ्याम्मै २०७१ साल पो ल्यायो
बधाई छ, सरकारले परिबर्तन ल्यायो ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x