साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे–मान्छे र मान्छेहरू

Nepal Telecom ad

मान्छे मान्छैकै
हुलबाट फुत्त निस्कन्छ
नाङ्गै–भुतुङ्गै

मान्छे मान्छेकै
हुलबाट सुत्त हराउँछ
पुनः नाङ्गै–भुतुङ्गै ।

मान्छे निस्कने र हराउने
क्रम चलिरहन्छ
समयको सिमामा बाँधिएर ।

मान्छे मान्छेबाटै
बोझिलो बन्छ !
पीडाका पहाडहरू
अग्लाउँदै लान्छ ।

ढुङ्गालाई सम्मान गर्छ मान्छे
मन्दिर बनाएर पूजा गर्छ
मान्छे मान्छेलाई तिरस्कार गर्छ
मान्छे मान्छेको खुसी खोसेर
आफू आनन्दित हुन्छ ।
अदृश्य भगवानका नाममा
अनेकन ढोँग र पाखण्ड रच्छ ।

आकृति मान्छेको
निरिह पशुहरूको बध गर्छ
देवताको नाममा
र, आफै
स्वाद फेर्दै जिब्रो पड्काउँछ ।

विवेक, बुद्धि, अहंकार, शक्ति
सबै छ उसमा
त्यही शक्तिको होडवाजी गर्दै
मान्छे मान्छेको खुसी खोस्दै हिँड्छ
विवेक गुमाउँछ, बुद्धि गुमाउँछ
आफंैले पुजेका मूर्तिहरूको व्यापार गर्छ
मान्छे निस्कने र हराउने क्रममा
आफ्नै इतिहासमा कालो पोतेर
युगौं–युगसम्म बोझिलो बन्दै
सुत्त हराउँछ
पुनः नाङ्गै–भुतुङ्गै !!

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x