साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्मान तथा विशेष कविगोष्ठी

Nepal Telecom ad

गत शनिबार मर्स्याङ्दी  वाङ्मय प्रतिष्ठानले लमजुङ क्षेत्रका विशिष्ट लोकगायक कृष्णसुधा ढुङ्गाना र बिमाकुमारी दुरालाई एक समारोहबीच सम्मान गर्यो । प्रतिष्ठानका संरक्षक कविवर माधवप्रसाद घिमिरेले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभयो । दुवै लोकगायकहरू राष्ट्रिय तहमा समेत चर्चित र लोकप्रिय रहेका छन् ।
नेपाली वाङ्मयको विकास गर्ने तथा गण्डकी अञ्चलका लोक साहित्यलाई विश्वस्तरमा पुर्याउने उद्देश्यले २०५३ सालमा स्थापित यस संस्थाले हालै वृहत् कवि गोष्ठीको पनि आयोजना गर्यो । कवि मुकुन्दराज पथिकको सभापतित्व तथा कविवर माधव घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सोमकान्त शर्मा, डा. कृष्णबहादुर थापा, डा. देवीप्रसाद सुवेदी, प्राज्ञ विष्णु प्रभात, रामचन्द्र पौडेल रम्घाली, कृष्णकान्त अधिकारी तथा कलाधर काफ्ले विशिष्ट अतिथि रहनुभएको कार्यक्रम नेपाल प्रज्ञाप्रतिष्ठान र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा प्रज्ञाहलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा कलाकारद्वयले मन्तव्य दिंदै लोकगीत प्रस्तुत गरेका थिए भने बिमाकुमारी दुराले उपस्थित स्रष्टाहरूसित परिचय लिनुभएको थियो । रामरञ्जन पौडेलले पुरस्कृतद्वयको परिचय र सम्मानपत्र वाचन गर्नु भएको थियो । पानसमा बत्ती बालेर शुरु गरिएको कार्यक्रममा कवि जगदीश्वर पोखरेलले स्वागत मन्तव्य तथा कवि कृष्णप्रसाद घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रियस्तरका ख्यातिप्राप्त कवि तथा कलाकारहरूको व्यापक सहभागिता रहेको थियो । कार्यक्रममा जर्मन कवि डा. अल्फ्रेड ट्रेयुले नेपाली भाषामा पृथ्वी दिवस कवितामार्फत नेपाललाई हरियाली बनाऔं, नेपाललाई माया गर्न जानौं भन्दै नेपाल र नेपाली भाषाप्रति आफ्नो अगाध माया रहेको कवितामार्फत बताउनु भयो ।
कार्यक्रममा कविहरू भुवनहरि सिग्देल, श्रीहरि फुयाल, नवराज लम्साल, प्राज्ञ बूँद राना, डा. बमबहादुर थापा जिताली, बाजुराम पौडेल, डिल्लीराज उप्रेती, ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, रामचन्द्र ढुङ्गाना, डा. टीकाराम अधिकारी, मुक्तिनाथ शर्मा नेउपाने, काशीराज आचार्य, मुकुन्दराज पथिक, यदुनाथ ढुङ्गाना सरल, जनार्दन अधिकारी, विकास भट्टराई, ब्रह्मप्रिय प्रेमस्वरुप, सोनुका गुरुङ, पूर्णराम गिरी, शान्ति अधिकारी, टङ्कसेलिङ लिम्बू, निसान निष्कर्ष, सन्दीप झझल्को, दयाराम भट्ट आदिले कविता र भजनहरू प्रस्तुत गर्नु भएको थियो । चर्चित गायक विमल क्षेत्रीको प्रस्तुति जापान टोकियो गीत सुनेरर स्रोता मन्त्रमुग्ध भएका थिए ।

–रत्ननिधि रेग्मीबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x