सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

घुटुमा घुटु…

मनमा मिले सरकार, नत्र त के को दरकार । मिलेर चलाउँं देशलाई, चुनाव सकियो भरखर..... ।

Nepal Telecom ad

गीतकार र गायकसँग माफी माग्दै ‘कुटुमा कुटु सुपारी दाना’को भाकामा ।

घुटुमा घुटु विदेशी रक्सी घुटुमा घुटु ——- २
अलकत्रा खान्छौ कि पेटै कालो छ
घाँटी कालो छ हजुर, फोक्सो कालो छ
सम्धिको पजनी भै सक्यो जेठानको पालो छ ।

दर्शन पस्यो गिदीमा, कसरी पस्यो धमिरो
सुन्तोला रोप्या पार्टीमा कसरी उम्र्यो बिमिरो २
बालुवाटार लान्छौ कि थैलो भारी छ —-
बोरा भारी छ हजुर सुटकेश भारी छ
अर्थ न वर्थ गोविन्द गाई झुसे दारी छ २
घुटुमा घुटु—– २

यो पाँच वर्ष भित्रमा, सर्कार नबनाइ भा छैन
कोसँग जोड्ने गलपासो, त्यो पनि टुङ्गो ला छैन
घुटुमा घुटु ——–२

देशको ढुकुटी मैसित तेत्तीस तोला गलामा
कसरी बढार्ने भकारी, कसले सक्छ र कलामा
आलु खाने जन्तालाई, उसिनी सके नेताले
घण्टी र लौरो हल्लाउँदै, देश जोत्न लागे केटाले
घुटुमा घुटु——— २

मनमा मिले सरकार, नत्र त के को दरकार
मिलेर चलाउँं देशलाई, चुनाव सकियो भरखर २
घुटुमा घुटु——–२

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बूढो उमेर

बूढो उमेर

गाेपेन्द्रप्रसाद रिजाल
च्वाँचे र बाहुन

च्वाँचे र बाहुन

गाेपेन्द्रप्रसाद रिजाल
यात्रा

यात्रा

गाेपेन्द्रप्रसाद रिजाल
बिराली र सत्ता

बिराली र सत्ता

गाेपेन्द्रप्रसाद रिजाल
हाम्रा बा

हाम्रा बा

गाेपेन्द्रप्रसाद रिजाल
ब्रह्माजीको विश्व भ्रमण

ब्रह्माजीको विश्व भ्रमण

गाेपेन्द्रप्रसाद रिजाल
घुटुमा घुटु

घुटुमा घुटु

गाेपेन्द्रप्रसाद रिजाल
आमाको अल्छी सपना

आमाको अल्छी सपना

रमेश समर्थन
दिनुपर्‍यो भोट

दिनुपर्‍यो भोट

थरेन्द्र बराल