मरुभूमि नारायणसडकमा व्यापक तमासा छ
आपसमै जुधेर सकिने भए यी साँढेहरू न यिनको मान छ न त यिनको सान छ ? न यिनले मुसो मारे न बिरालो नै मारे ? यहाँ मार्ने र बचाउनेको नै घमासान छ ।

मरुभूमि नारायण :
सडकमा व्यापक तमासा छ हानाहान छ
साथी भाइको टाउको टुप्पी तानातान छ ।
खेल रोचक छ घोचक छ रमाइलो नि छ
खेल दिउसो मात्रै होइन साँझ बिहान छ ।
कतै लाठी कतै मुक्का मुक्की कतै लात
यो कुस्ती खेललाई मेरो उच्च सम्मान छ ।
गर्नेलाई कति सजिलो न दिन छ न रात
मान्छेको आफ्नै अभिमान स्वभिमान छ ।
यहाँ कुनै अछुतो छैन गर्नेलाई पछुतो छैन
यो प्रारम्भिक उत्कृष्ट खेल जानाजान छ ।
यो देशको लागि त सम्माननीय खेल हो
हामीलाई सम्मान छ कहाँ अपमान छ ?
आपसमै जुधेर सकिने भए यी साँढेहरू
न यिनको मान छ न त यिनको सान छ ?
न यिनले मुसो मारे न बिरालो नै मारे ?
यहाँ मार्ने र बचाउनेको नै घमासान छ ।
०००
तनहुँ
Subscribe
Login
0 Comments
Oldest





































