साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिनै उत्तानो पऱ्याछन्

सुनमा सुताइदिन्छु पैसै ओडाइदिन्छु भन्दा पनि खुसी छैन अधरमा अचेल । निधार भरी चन्दन र अक्षता घसे पनि तपाईं चोर नै हो मेरो नजरमा अचेल ।

Nepal Telecom ad

मरुभूमि नारायण :

हरिबिजोग छ त गाउँ सहरमा अचेल
कुदेका छन् मान्छे रहेरै रहरमा अचेल ।

नखाउन भन्यो ग्यालिन छोड्ने होइन
तिनै उत्तानो पऱ्याछन् बगरमा अचेल ।

भस्मै जो थिए कुम्भकर्ण हिजोअस्ति
तिनै उठ्दछन् पहिलो प्रहरमा अचेल ।

बुढाहरू पाखा लागे युवा विदेश गए
युवतीहरु भुल्न थाले जहरमा अचेल ।

विदेशमा चलिराछ कतिका दुःखहरु
राम्रो संकेत आउँदैन खबरमा अचेल ।

सुनमा सुताइदिन्छु पैसै ओडाइदिन्छु
भन्दा पनि खुसी छैन अधरमा अचेल ।

निधार भरी चन्दन र अक्षता घसे पनि
तपाईं चोर नै हो मेरो नजरमा अचेल ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x