साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली लघुकथा अभियानको परिणाम घोषणा

लघुकथा प्रतिष्ठान नेपालको बुढ्यौली लघुकथा अभियानको निर्णायक संयोजकमा डा. राजेन्द्र विमल हुनुहुन्थ्यो । अन्य सदस्यहरूमा रमेन्द्र कोइराला, खगेन्द्र बस्याल र तुलसा काफ्ले सक्रिय हुनुहुन्थ्यो । एघार लघुकथा उत्कृष्टको सूचीमा परेका छन् ।

Nepal Telecom ad

लघुकथा प्रतिष्ठान, नेपालले आयोजना गरेको बुढ्यौली विषयक लघुकथा अभियान २०८० को परिणाम घोषणा भएको छ । यस अन्तर्गत एघार लघुकथा उत्कृष्टको सूचीमा परेका हुन् । सूची यस्तो छ-
१. पीपी कोइरालाको ‘डगल्याण्ड’ शीर्षकको लघुकथा
२. शारदा दहाल को ‘इच्छामरण’ शीर्षकको लघुकथा
३. शुक्रराज कुँवर को ‘सहारा’ शीर्षकको लघुकथा
४. निर्मला बराल को ‘साथी’ शीर्षकको लघुकथा
५. सुनिता निरौला पौडेलको ‘चौरासी पूजा’ शीर्षकको लघुकथा
६. उमानाथ दाहालको ‘नामसारी’ शीर्षकको लघुकथा
७. तिलक तारामी रेशालीको ‘बचत’ शीर्षकको लघुकथा
८. रचना शर्माको ‘बुढ्यौली’ शीर्षकको लघुकथा
९. गंगा खड्काको ‘तीर्थ’ शीर्षकको लघुकथा
१०. प्रेम पुन मगरको ‘वृद्ध’ शीर्षकको लघुकथा
११. ध्रुवराज थापा पुरूषको ‘पीडा’ शीर्षकको लघुकथा

यिनै लघुकथाहरू मध्ये एक सर्वोत्कृष्टलाई रु. १५ हजार नगद प्रदान गर्ने चट्याङ मास्टरले यस अघि नै घोषणा गरिसक्नुभएको छ । साथै लघुकथा प्रतिष्ठान, नेपालका तर्फबाट सम्मानोपहार प्रदान गरिने जानकारी प्रतिष्ठानकी संस्थापक लक्ष्मी रिजालले बताउनुभएको छ ।

आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा कार्तिक २ र ३ गते प्रतिष्ठानले आह्वान गरेको बुढ्यौली विषयक लघुकथामा ४ दर्जन प्रतियोगी लघुकथा प्राप्त भएका थिए । ५ दर्जन सहभागी अन्य लघुकथा प्रतिष्ठानलाई प्राप्त भएका थिए । ती सबै लघुकथा समेटी सन्दर्भ लघुकथा प्रधान पत्रिकाको सातौँ अंक प्रकाशन हुने जानकारी पत्रिकाका प्रधान सम्पादक नन्दलाल आचार्यले बताउनुभएको छ ।

दैनिक लघुकथा वाचनदेखि लिएर मासिक रुपमा अभियान सञ्चालन गरेको जानकारी प्रतिष्ठानका व्यवस्थापक मनोहर पोखरेलले बताउनुभयो । उहाँका अनुसार २०८०/२०८१ को मासिक अभियान र सन्दर्भ पत्रिका साथै कार्य विभाजन यस्तो छ ।
~हरेक महिनाको लघुकथा अभियान र संयोजक नामावली~

१. विश्व अपांग दिवस सन्दर्भमा वि.सं. २०८० मङ्सिर महिनाको “फरक क्षमता विषयक लघुकथा अभियान-२०८०” बालकृष्ण काफ्लेको संयोजकत्वमा सञ्चालन रहने छ । (यस अभियानमा प्राप्त लघुकथा समेटेर सन्दर्भ-८ प्रकाशन हुने ।)

२. वि.सं. २०८० पुस महिनाको “राष्ट्रिय एकता दिवस विषयक लघुकथा अभियान-२०८०” टङ्कबहादुर आले मगरको संयोजकत्वमा सञ्चालन रहने छ । (सन्दर्भ-९ प्रकाशन हुने ।)

३. वि.सं. २०८० माघ महिनाको “शहिद दिवस विषयक लघुकथा अभियान-२०८०” निरज कोइरालाको संयोजकत्वमा सञ्चालन रहने छ । (सन्दर्भ-१० प्रकाशन हुने ।)

४. वि.सं. २०८० फाल्गुन महिनाको “प्रणय दिवस विषयक लघुकथा अभियान-२०८०” पूजन न्यौपानेको संयोजकत्वमा सञ्चालन रहने छ । (सन्दर्भ-११ प्रकाशन हुने ।)

५. वि.सं. २०८० चैत महिनाको “मूर्ख (हाँसो) दिवस विषयक लघुकथा अभियान-२०८०” सुनिता निरौलाको संयोजकत्वमा सञ्चालन रहने छ । (सन्दर्भ-१२ प्रकाशन हुने ।)

६. वि.सं. २०८१ वैशाख महिनाको “मातृसम्मान विषयक लघुकथा अभियान-२०८०” एन्जल्स निलु मीनाको संयोजकत्वमा सञ्चालन रहने छ । (वैशाख १६ गते स्वस्तिका स्मृति लघुकथा पुरस्कार वितरण समारोह) (सन्दर्भ-१३ प्रकाशन हुने ।)

७. वि. सं. २०८१ जेठ महिनाको “विभेद तथा छुवाछूत विरुद्धको दिवस विषयक लघुकथा अभियान-२०८१” राजेश विद्रोहीको संयोजकत्वमा सञ्चालन रहने छ । (सन्दर्भ-१४ प्रकाशन हुने ।)

८. वि.सं. २०८१ असार महिनाको “विश्व योग दिवस विषयक लघुकथा अभियान-२०८१” शारदा दहालको संयोजकत्वमा सञ्चालन रहने छ । (सन्दर्भ-१५ प्रकाशन हुने ।)

९. वि.सं. २०८१ साउन महिनाको “गुरु सम्मान विषयक लघुकथा अभियान-२०८१” पं.ज्यो. तोयनाथ सुवेदी संयोजकत्वमा सञ्चालन रहने छ । (सन्दर्भ-१६ प्रकाशन हुने ।)

१०. वि.सं. २०८१ भदौ महिनाको “राष्ट्रिय बाल दिवस विषयक लघुकथा अभियान-२०८१” अम्बिका बास्तोलाको संयोजकत्वमा सञ्चालन रहने छ । (सन्दर्भ-१७ प्रकाशन हुने ।)

११. वि.सं. २०८१ असोज महिनाको “जेष्ठ नागरिक सम्मान विषयक लघुकथा अभियान-२०८१” श्रीप्रसाद पोखरेलको संयोजकत्वमा सञ्चालन रहने छ ।(सन्दर्भ-१८ प्रकाशन हुने ।)

१२. वि. सं. २०८१ कार्तिक महिनाको “तेस्रो वार्षिकोत्सव सन्दर्भ स्वतन्त्र लघुकथा अभियान-२०८१” श्यामपृत मण्डलको संयोजकत्वमा सञ्चालन रहने छ ।(सन्दर्भ-१९ प्रकाशन हुने ।)

लघुकथा प्रतिष्ठान नेपालको बुढ्यौली लघुकथा अभियानको निर्णायक संयोजकमा डा. राजेन्द्र विमल हुनुहुन्थ्यो । अन्य सदस्यहरूमा रमेन्द्र कोइराला, खगेन्द्र बस्याल र तुलसा काफ्ले सक्रिय हुनुहुन्थ्यो ।

हरेक महिना भिन्नभिन्न सन्दर्भ अभियान मार्फत उत्कृष्ट लघुकथा घोषणा गर्दै, प्रशिक्षण दिँदै, सम्मान गर्दै लघुकथा प्रतिष्ठान, नेपालले ७५५ भाग पार गरिसकेको छ ।

०००
– लक्ष्मी रिजालद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x