साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वनमाली निराकारका कृतिहरूमाथि विमर्श

कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार चाेलेश्वर शर्मा हुनुहुन्थ्यो । कृतिमाथि समीक्षा गर्ने काम डा. शंकरप्रसाद गैरे र डा. टंक पन्थलाई दिइएको थियोे ।

Nepal Telecom ad

पाल्पा, ०८१ जेठ १९ साहित्यकार वनमाली निराकारका दुई कृतिको परिचर्चा कार्यक्रम धवल पुस्तकालय पाल्पामा सम्पन्न भयो ।

कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार चाेलेश्वर शर्मा हुनुहुन्थ्यो । कृतिमाथि समीक्षा गर्ने काम डा. शंकरप्रसाद गैरे र डा. टंक पन्थलाई दिइएको थियोे । विभिन्न साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, साहित्यिक तथा शैक्षिक व्यक्तित्वहरूकाे सघन उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार चाेलेश्वर शर्माले धवल पुस्तकालयले उत्कृष्ट कृतिका रूपमा आफ्नो कृतिलाई पुरस्कृत गरेको सन्दर्भ जाेडी पुस्तकालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कृतिकार वनमाली निराकारका साहित्यिक याेगदानका बारेमा पनि उहाँले प्रकाश पार्नुभएकाे थियाे । साहित्यिक कृतिको मूल्य स्वयं कृतिमा निहित रहेको हुन्छ- उहाँको कथन थियो । वनमाली निराकारकाे आख्यानकारिताले कवित्वलाई थिचेकाे मर्म उहाँले प्रस्तुत गर्नुभयो । वनमाली निराकार विद्यार्थी कालदेखि नै साहित्यिक प्रतिभा रहेको सन्दर्भ उहाँले जाेड्नुभयाे ।

कृतिकार वनमाली निराकारले यस क्षणमा भावुक रहेको भाव व्यक्त गर्नुभयो । धवल पुस्तकालयसँगकाे सम्बन्धलाई उल्लेख गरी धेरै पुस्तकहरू आफूले पढेको र कार्यसमितिकाे सदस्यका रूपमा पनि सेवा गरेको स्मरण गर्नुभयो । धवल पुस्तकालयसँग भावनात्मक सम्बन्ध रहेकोले याे कार्यक्रम गरिएकाे सन्दर्भ पनि उल्लेख गर्नुभयो । पाल्पाको साहित्यिक विकासमा आफ्नो पनि याेगदान रहेको यथार्थ उल्लेख गर्नुभयो ।

मान्छेका रङहरू कवितासङ्ग्रहमाथि प्रकाश पार्ने काम डा. टंकप्रसाद पन्थबाट भयो । कविताकाे संरचना पक्ष, भावपक्ष र उद्देश्य पक्षमा प्रस्तुत गरिएको थियो । मसिना कविता, गद्य शैलीका मुक्तक कविता, हाइकु शैलीका कविता, रुवाई शैलीका मुक्तक कविता र लामा कविताका ढाँचामा प्रयाेग गरिएको कुरा उल्लेख गरियो ।

डा. शंकरप्रसाद गैरेले नयाँ सालिककाे जन्म कृतिमाथि प्रकाश पार्नुभयाे । संक्षिप्तमा सघन विचार र झिल्काे पार्न सक्ने भाषिक कलाले निराकारकाे लघुकथा लेखन सशक्त बनेको छ भन्ने निष्कर्ष प्रस्तुत गर्नुभयो । लघुकथाकाे सैद्धान्तिक सन्दर्भका साथमा कथाहरूकाे संरचना र मर्मलाई प्रकाश पार्नुभयाे । कृतिभित्रका ३२ वटा कथाको मर्मलाई उहाँले प्रकाश पार्नुभयाे ।

साहित्यकार वनमाली निराकारकाे परिचय उठाउने काम साहित्यकार रुद्र ज्ञवालीले गर्नुभयो । वनमाली निराकार कविभन्दा कथाकार हाे भन्ने कुरा रुद्र ज्ञवालीले प्रकाश पार्नुभयाे । लाेकतन्त्र र मानव अधिकारकाे पृष्ठपाेषणमा उहाँको लेखन केन्द्रित रहेको कुरा उल्लेख गर्नुभयो । वनमाली निराकारसँगका अन्तरङ्गका कुराहरू समेत व्यक्त गर्नुभएकाे थियाे ।

शुभकामना मन्तव्य राख्नेहरूमा रामप्रसाद अर्याल, सविता भट्टराई, विजय सागर, बुद्धिप्रसाद शर्मा, क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई हुनुहुन्थ्यो । उहाँहरूले कृतिकार वनमाली निराकारलाई बधाई तथा निरन्तर साधनाकाे शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रम धवल पुस्तकालयका अध्यक्ष युवराज शर्माको अध्यक्षतामा भएको हाे । कार्यक्रममा उपस्थित व्यक्तिहरूलाई स्वागत गर्ने काम सन्तोष खनालले गर्नुभएको हाे । कार्यक्रमकाे सञ्चालन धवल पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले गर्नुभएको थियाे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x