साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा भीम गौतमको ‘नेतापाल’ व्यङ्ग्य कवितासङ्ग्रह प्रकाशित

स्वार्थीहरूको निहित स्वार्थजालबाट यो माटोले स्वतन्त्रता खोजेको छ । भुइँफुट्टा वर्गको लखनौ लुट रोकिनु पर्छ भन्ने कवितात्मक आग्रह यस सङ्ग्रहका कवितामार्फत् स्रष्टा गौतमले प्रस्तुत गर्नु भएको छ ।

Nepal Telecom ad

काठमाडाैं, ०८१ असार १ । नेपाली हास्यव्यङ्ग्यकाे समग्र अभ्युत्थान र प्रवर्द्धनमा क्रियाशील फित्काैली डटकम हास्यव्यङ्ग्य अनलाइन पत्रिका मात्र हाेइन, हास्यव्यङ्ग्य कृतिहरूकाे व्यवस्थित प्रकाशनतर्फ पनि रूचि राख्दैछ ।  यही क्रमलाइ निरन्तरता दिँदै आधा दर्जन हास्यव्ययङ्ग्य कृति प्रकाशित गरिसकेकाे छ ।

फित्काैलीकाे प्रकाशनकाे पछिल्लाे प्रकाशनका रूपमा चितवनका स्रष्टा भीम गौतमको ‘नेतापाल’ व्यङ्ग्य कवितासङ्ग्रह हालै प्रकाशित भएकाे छ । नियमित फेसबुक तथा पत्रपत्रिका र अनलाइन मिडियाहरूमा कविता प्रेषित गराइरहेका गौतमको यो पहिलो कृति हो ।

आफ्ना स्वर्गीय आमाबुवामा समर्पित यस व्यङ्ग्य सङ्ग्रहभित्र विविध विषयक्षेत्रसँग सम्बन्धित ५५ वटा शीर्षकमा रचिएका कविताहरू समेटिएका छन् । प्रकाशकीय भूमिकामा नरनाथ लुइँटेल भन्नुभएकाे छ- “पवित्र नेपाली माटोमाथि यो कस्तो अकर्मण्यता, किन यस्तो दुष्कर्म ? आफ्नै स्वत्वमाथि किन यति साह्रो हमला ? हामी कसरी फँस्यौँ यो असहनीय गर्ततिर ? सङ्ग्रहका कविताहरूले यी र यस्तै प्रश्नहरूको एकमुष्ठ जवाफ खोजेका छन् । दुष्टहरूको दुष्ट्याइँबाट उन्मुक्ति खोजेका छन् । स्वार्थीहरूको निहित स्वार्थजालबाट यो माटोले स्वतन्त्रता खोजेको छ । भुइँफुट्टा वर्गको लखनौ लुट रोकिनु पर्छ भन्ने कवितात्मक आग्रह यस सङ्ग्रहका कवितामार्फत् स्रष्टा गौतमले प्रस्तुत गर्नु भएको छ ।”

यसैगरी यस सङ्ग्रहभित्र अग्रज हास्यव्यङ्ग्य स्रष्टा चट्याङ मास्टरको शुभकामनाका केही शब्दहरू संरक्षित भएका छन् । उहाँले भन्नु भएकाे छ- “व्यङ्ग्य धर्म निर्वाह गर्ने जाँगर र जाेशका साथ नेतापाल कृति नै लिएर यसरी  उत्रिनु भएका मेरा सगाेत्री भीम गाैतमलाइ म कृष्णमुरारी गाैतम हार्दिक स्वागत गर्दछु ।”

कृतिका रचनाकार गाैतमले लेखकीय गन्थनमा  यसरी मन्थन गर्नु भएकाे छ-
“नेता नभएको न शहर छ
न कुनै गाउँ बस्ती छ ।
जता जाऊँ जता हेरूँ
नेताहरूकै मस्ती छ ॥”

गौरव आर्टको आवरणमा सजिएको ‘नेतापाल’ काे मुद्रण पुर्कोट अफसेट प्रेस, ताहाचाल, काठमाडौंको रहेको छ । हाम्रो कम्प्युटर सेवाको लेआउट रहेको यस पुस्तककाे मूल्य रु. २५०।- रहेकाे छ ।

०००
– रेहित सैजुद्वारा सम्प्रेषित ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x