साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली (काव्यांश- ५)

मौरीको योग हेरी हितफल श्रमले टिप्नु पर्नेछ ठानी । सेवा हो दिव्य बाटो मनुज खुस हुने कर्म पक्रूँ म जानी ॥ बाबाआमा उठाऔँ मनसुख बटुलोस् नित्य आँखा उघारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

समस्याः- बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥

दुर्गादेवी उदाऊन् भवभर जति छन् वृद्धवृद्धा रमाऊन् ।
साक्षात् हुन् देव ठानी जन नयन खुलून् सौम्य आभा जमाऊन् ॥
सेवा हो योग्य मानून् मनुज कृत चुनून् कृत्य ऊर्जा उमारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥२१॥

उम्दा छन् कर्म केके मनुजमन खटी छान्न जानौँ क्रमैले ।
अग्ला छन् वृद्धवृद्धा अनुभव बटुली मान्न जानौँ सबैले ॥
हट्दै जानेछ जालो मन घन कुहिरो ज्ञान आँखा उघारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥२२॥

लौरा हुन् पुत्रपुत्री मनबल थपिई वृद्ध सन्तोष मानून् ।
पालो हो चक्रजस्तै समय गतिसँगै झेल्नु पर्नेछ जानून् ॥
पृथ्वीको ऐन हो यो सहज हृदयले टिप्न जानोस् सकारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥२३॥

मौरीको योग हेरी हितफल श्रमले टिप्नु पर्नेछ ठानी ।
सेवा हो दिव्य बाटो मनुज खुस हुने कर्म पक्रूँ म जानी ॥
बाबाआमा उठाऔँ मनसुख बटुलोस् नित्य आँखा उघारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥२४॥

लौ वृद्धावृद्ध बन्दा मनकस नरहोस् सौख्य बस्नेछ साथ ।
अग्लेला चेत आफैँ समय गुण बुझी कृत्य पक्रन्छ माथ ॥
जेजे लागोस् क्रियामा अनुचित नहुँदा बोल्नु व्यर्थै बिचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥२५॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x