साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरि असार आयो !

उम्रिएछ हरियो घाँस सिंहदरबार वरिपरि अघाएका बोकाहरू चर्न फेरि असार आयो !

Nepal Telecom ad

काशीनाथ मिश्रित :

सरकारलाई बजेट पारित गर्न फेरि असार आयो !
ठेकदारका थोत्रा खल्ती भर्न फेरि असार आयो ।

सपनामा देखेकै छौँ विकसित हाम्रो देश
आश्वासनका पोकाहरू छर्न फेरि असार आयो !

बगाइदियो बाढी आई लुङ खोलाको काठे पुल !
मान्छेहरू खोलाबाटै तर्न फेरि असार आयो ।

ठुला ठुला योजना छन् रोजगारी सिर्जनाका
लर्को लागि युवा विदेश सर्न फेरि असार आयो !

उम्रिएछ हरियो घाँस सिंहदरबार वरिपरि
अघाएका बोकाहरू चर्न फेरि असार आयो !

भदौतिर मगाउने रे सरकारले विकासे मल !
किसानलाई खेतबारीमा मर्न फेरि असार आयो ।

०००
फोक्सिङ, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x