फित्काैली डटकमगायत्री लम्सालको हास्यव्यङ्ग्य कृति ‘रुद्रघण्टी’ लोकार्पित
कार्यक्रममा समुपस्थित सबैले हातहातमा हास्यव्यङ्ग्य कृति उठाएपछि उदघोषक सरोज घमिमिरेले पुस्तक लोकार्पण भइसकेको उद्घोष गर्दा हलभरि हाँसोको फोहरा फुटेको थियो । लोकार्पणको यो तरिकालाई सबैले नयाँ तर आकर्षक भनेर मन परेको बताएका थिए ।

काठमाडौंं, २०८१ असार २२ । गायत्री परिरोशनीको नामले सुपरिचित हास्यव्यङ्ग्यकार गायत्री लम्सालको सातौँ हास्यव्यङ्ग्य कृति ‘रुद्रघण्टी’ लोकार्पण भएको छ ।
डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको अध्यक्षता सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले गर्नु भएको थियो ।
डा. गोविन्दराज भट्टराईले हास्यव्यङ्ग्य लेखनको यात्रामा गायत्रीको डरलाग्दो उपस्थितिले आफूलाई आश्चर्य र खुसी दुवै दिएको छ भन्नु भयो । हास्यव्यङ्ग्य लेखन प्रकाशन र प्रशारण कार्यमा फित्कौलीले घनघोर अभियान चलाइरहेको र छोटै अवधिमा राम्रो प्रभाव कायम गर्न सकेको पनि उहाँले बताउनु भयो ।
दीप प्रज्वलनपछि डा. अञ्जना वस्तीले गायत्रीलाई बधाई र शुभकाना दिएपछि आरम्भमै गाम्नागेले गायत्रीको हास्यव्यव्यङ्ग्य लेखन यात्राका सबै मोड र आरोहलाई जस्ताको तस्तै बताएर परिचय प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा समुपस्थित सबैले हातहातमा हास्यव्यङ्ग्य कृति उठाएपछि उदघोषक सरोज घमिमिरेले पुस्तक लोकार्पण भइसकेको उद्घोष गर्दा हलभरि हाँसोको फोहरा फुटेको थियो । लोकार्पणको यो तरिकालाई सबैले नयाँ तर आकर्षक भनेर मन परेको बताएका थिए ।
लोकार्पित कृतिमाथि तीन जना वक्ताले समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए । यसमा पनि नौल्याइँपन थियो । सिङ्गो कृतिमा सङ्कलित ३२ वटा निबन्धलाई ११/११ र एक जनालाई १० वटा माथि बोल्न भनएिको भनिएको थियो ।
अनिता पन्थीले कृतिको आरम्भका निबन्धको समीक्षात्मक टिप्पणी गर्दै गायत्रीको हास्यव्यङ्ग्यात्मक शैलीले आफूलाई अत्यधिक प्रभाव पारेको बताउनु भयो ।
‘रुद्रघण्टी’ कृतिको मध्येभागका निबन्धहरूमाथि समीक्षात्मक टिप्पणी अनिता कोइरालाले गर्नु भयो । ‘हाँस्नु छैन कदापी नारीहरुले बेस्या हुन्या हाँस्तछन्’ भन्ने चिन्तन र चेतनालाई चुनौती दिँदै हामी महिला सर्जकहहरू सक्रिय हुँदै आएको र हास्यव्यङ्ग्य चेतनालाई मुखरित गर्न ‘रुद्रघन्टी’ स्रष्टा गायत्री सफल रहेको धारणा कोइरालाले राख्नु भएको थियो ।
त्यसै गरि अर्का वक्ता हास्यव्यङ्ग्य समीक्षक नरनाथ लुइँटेलले ‘रुद्रघण्टी’का बाँकी निबन्धहरूको आड लिएर गायत्रीको हास्यव्यङ्ग्य लेखनकलाले पहिल्याएका प्रस्तुत गरिएका दुस्प्रवृतिहरूको खुलासा गर्नुभएको थियो । लुइँटेलले फित्कौलीको आरम्भकाल अर्थात २०६३ को सेरोफेरोदेखि नै गायत्री हास्यव्यङ्ग्य लेखनमा सक्रिय रहेको बताउँदै ‘रुद्रघन्टी’सम्म आइपुग्दा उहाँले परिपक्वता र प्रौढता हासिल गर्न थालेको उल्लेख गर्नु भयो ।
लेखकीय मन्तव्यका क्रममा गायत्रीले आफ्नै जीवनका परिघटना र आरोहअवरोहको खुलासा गर्दा सहभागीहरू भावुक बनेका थिए । ‘आफ्नै जीवनका यिनै अँध्यारा र विस्मयकारी परिस्थितिसँग कुस्ती खेल्दै म लेखनमा ओर्लिएकी हुँ, यहाँसम्म आइपुग्न मलाई साथ, सहयोग र आत्मबल प्रदान गर्ने सबैप्रति कृतज्ञ छु ।’ गायत्रीले भन्नु भयो ।
डा. गोविन्दराज भट्टराईले छ पृष्ठ लामो विश्लेषणात्मक भूमिका लेख्नु भएको ‘रुद्रघण्टी’ कृतिको मूल्य रु. ३१५।- उल्लेख छ भने यसलाई मञ्जरी प्रकाशनले प्रकाशित गरेको हो ।
‘रुद्रघण्टी शल्यक्रिया’ समारोहको ब्यानरमा हास्यव्यङ्ग्य लेखनमा रुचि राख्ने लब्धप्रतितिष्ठित स्रष्टाहरूको उपस्थिति रहेको थियो । निम्तालुहरूमा डा. कुमार कोइराला, दिब्य गिरी, सरोज घिमिरे, माणिकरत्न शाक्य, राम श्रेष्ठ, पिँडालु पण्डित, चक्र दवाडी, गीता दवाडी, गणेश खनाल, भोला घिमिरे, सुवासचन्द्र ढुंगेलसहभागिता रहेको थियो ।
त्यसै गरी नारायण शर्मा, टेकनारायण ढकाल, हरिकला उप्रेती, भगवती खड्का, डा. अवनीभुषण उपाध्याय, इदा उपाध्याय, डिल्लीप्रसाद मूलतिहून, देवीमाया दहाल, रीता खत्री, रेणुका भट्टराई, नारद घिमिरे, सविता बराल, रेजिना आपगाइँ, डम्बर घिमिरे, आरसी रिजाल, थरेन्द्र बराल, भारती न्यौपाने, डा. अम्बिका अर्याल, डा. जीवन जीवन्त, विष्णु आचार्य, डा. सुमन ढकाल, आनन्दकला राई, देवी घिमिरे, भक्ति घिमिरेलगायतको सहभागिता रहेको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest






































