साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्रिवेणी साहित्य मञ्चले लघुकथा सङ्ग्रह प्रकाशन गर्ने !

२०८१ सालभित्र नेपालीभाषामा रचिएका विश्वभरिका कथाकारका एक एकवटा लघुकथालाई समेटेर प्रतिनिधिमूलक लघुकथासङ्ग्रह प्रकाशन गर्दै छ ।

Nepal Telecom ad

काठमाडौँ । नेपाली भाषा, साहित्य, सङ्गीत र संस्कृतिको संरक्षण र संवर्द्दन गर्ने लक्ष्य लिएर सन् २०१७मा त्रिवेणी साहित्य मञ्चको स्थापना भएको हो । यसको सम्पर्क कार्यालय अमेरिकास्थित ह्यारिसवर्ग, पेनसिलभानियामा रहेको छ।

यस संस्थाले भाषा साहित्यको श्रीवृद्वि गर्न विगतदेखि नै स्रष्टाका साहित्यिक कृतिहरू प्रकाशित गर्दै आएको छ।

२०८१ सालभित्र नेपालीभाषामा रचिएका विश्वभरिका कथाकारका एक एकवटा लघुकथालाई समेटेर प्रतिनिधिमूलक लघुकथासङ्ग्रह प्रकाशन गर्दै छ । संस्थाले उक्त सङ्ग्रहमा समेटिन चाहने सम्बन्धित लघुकथाकारले २०८१ साल असोज मसान्तभित्र लघुकथालाई इमेल laghukatha2081@gmail.com, laghukathasangra@gmail.com) मा उपलब्ध गराउनुपर्ने बताएको छ ।

संस्थाले आह्वान गरेअनुसार लघुकथा पूर्णतया अप्रकाशित, मौलिक र २५० शब्दसम्मको हुनुपर्ने छ । कुनै पनि लघुकथा अश्लील, अन्धविश्वासयुक्त र सामाजिक सद्भाव बिथोल्ने किसिमको हुनु नहुने उल्लेख गरिएको छ ।

प्रत्येक लघुकथाकारसँग प्रिति वा युनिकोडमा एकवटा लघुकथा,सङ्क्षिप्त बायोडाटा र फोटो मागिएको छ।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ram Dev Pandey
Ram Dev Pandey
1 year ago

समाचारमा र संस्थाको सूचनामा लघुकथाको शब्द सङ्ख्या अलमल पार्ने भयो । समाचारमा २५० शब्दसम्म भनिएको छ भने सूचनामा कम्तीमा २५० शब्द भनिएको छ। के कसो होला?

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x