साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेउपानेको  ‘देवव्रत’ लोकार्पण र भव्य कविता–गोष्ठीको आयोजना

कार्यक्रमको अध्यक्षता पुस्तकालयका कार्यबाहक अध्यक्ष खगिन्द्रा खुसीले र प्रमुख आतिथ्य प्रा.डा.गङ्गाप्रसाद अधिकारीले गर्नुभएको थियो । विशिष्ट आतिथ्य आख्यानकार तथा सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेल, कन्काई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदीलगायत हुनुहुन्थ्याे ।

Nepal Telecom ad

झापा, २०८१ भदाै २८ । लेखनाथ पुस्तकालय, चन्द्रगढीले आयोजना गरेको कवि हरिप्रसाद नेउपानेको महाकाव्य ‘देवव्रत’को लोकार्पण तथा कविता–गोष्ठीको आयोजना पुस्तकालयकै सभाकक्षमा सम्पन्न भयाे ।

कार्यक्रमको अध्यक्षता पुस्तकालयका कार्यबाहक अध्यक्ष खगिन्द्रा खुसीले र प्रमुख आतिथ्य प्रा.डा.गङ्गाप्रसाद अधिकारीले गर्नुभएको थियो । विशिष्ट आतिथ्य आख्यानकार तथा सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेल, कन्काई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदी, वरिष्ठ पत्रकार चन्द्र भण्डारी तथा रुद्र गौरी श्री अम्बिका ओलीप्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीलाई मञ्चासिन गराएर कार्यक्रम अघि बढेको थियो ।

पुस्तकालयका अध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत तथा सचिव हरिकिशोर आचार्यले सुसन्चालन गर्नुभएको कार्यक्रममा मञ्चासिन व्यक्तिहरु, प्रमुख अतिथि, विशिष्ट अतिथि, अध्यक्षबाट सामुहिक रूपमा महाकाव्य ‘देवव्रत’को लोकार्पण भएको थियो ।

कवि जीवनाथ सुवेदीले लोकार्पित महाकाव्य ‘देवव्रत’को समीक्षात्मक परिचय प्रस्तुत गर्नुभयो । यसपछि कविगोष्ठीमा कार्यक्रम प्रवेश गर्यो । कविहरु आरती पोखरेल, रश्मि असफल, गीता सुवेदी नेपाल, जयप्रसाद आचार्य, दुर्गाप्रसाद सिग्देल, तुलसीप्रसाद भट्टराई, मोक्ष खतिवडा, तीर्थ चापागाईं, निर्मला बाँस्तोला, गोविन्द कोइराला, सत्यनारायण तायल, जमुना खनाल, मिना अधिकारी, गणेश निरौलामध्ये अधिकांशले महाकाव्य ‘देवव्रत’भित्रका काव्यांश र केहीले आफ्ना कविता सुनाउनु भयो । गणेश निरौलाज्यूको कविता ‘आवाज सुन्नुपर्छ’ले सबैलाई चकित पारेको थियो ।

महाकाव्यका कवि हरिप्रसाद नेउपानेले आफ्नो सिर्जनकर्मको इतिहास पनि बताउँदै यस पाँचौं कृतिसम्म आइपुगेकोमा निकै प्रेरणा कञ्चनजङ्घा एफएमको ‘छन्दको तरङ्ग’ पनि भएको उल्लेख गर्दै यस्तो प्रतिकूल वातावरणमा आफ्नो कृति लोकार्पण कार्यक्रममा उपस्थित सबैलाई एकप्रति ‘देवव्रत’ उपहार लिइदिन अनुरोध पनि गर्नुभयो ।

डा.पुण्यप्रसाद सिग्देल, चन्द्र भण्डारी, पुण्यप्रसाद खरेल तथा प्रमुख अतिथि प्रा.डा.गङ्गाप्रसाद अधिकारीले महाकाव्य तथा हरिप्रसाद नेउपानेज्यूको लेखकीय व्यक्तित्वको चर्चा गर्दै उहाँलाई बधाई दिने तथा यस्तै अझ गहकिला कृतिको सृजना गरिरहन शुभकामना व्यक्त गर्नुभयो । अध्यक्ष खगिन्द्रा खुसीले कार्यक्रममा उपस्थित सबैप्रति धन्यवाद एवम् आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो ।

सभाकक्षको बनोट र आजको भदौरे घामको द्वन्द्वको जोड थियो आज । त्यो सब सहँदै पनि सहप्राध्यापक होम सुवेदी, चूडामणि वशिष्ठ, हस्त परियार, हरिनारायण भट्टराई, राजेन्द्र कश्यप, विरही अधिकारी, उषा गुरुङ, शारदा कोइराला, राजेश ढुङ्गाना, राजेन्द्र चापागाईं, नवराज घिमिरे, चन्द्रमणि पौडेल, देवीचरण भण्डारी, उमाकान्त पोखरेल, आनन्द घिमिरे, रामकुमार घिमिरे, रघुनाथ रिमाल, तारा विविध, लक्ष्मी पौडेल, गोपीकृष्ण नेउपाने, खगेश्वर कोइराला, हरिप्रसाद रिमाल, भद्रपुर नगर साहित्य कला प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहाल, डा.ठाकुर पोखरेल, खेमराज दाहाल, गीता भण्डारी, अर्जुन खरेल, यादवप्रसाद अधिकारी (झाँक्रीखोले), महेन्द्र दूरगामी भट्टराई, गुरुकुलका बटुकहरु लगायत सयभन्दा बढीको कार्यक्रममा उपस्थिति रहेको थियो ।

०००
-पुण्यप्रसाद खरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x