साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवको २७८ औँ शृङ्खलामा पुण्यप्रसाद पराजुली सम्मानित

Nepal Telecom ad

काठमाडौं, २०८१ चैत्र ३० । अभिनव साहित्य समाजद्वारा आयोजित २७८ औं शृङ्खलाअन्तर्गत अभिनव–मुसुरी बौध्द दर्शन पुरस्कारबाट पुण्यप्रसाद पराजुलीलाई नगद १५,०००। पन्ध्र हजारसहित सम्मानित गरियो ।

कार्यक्रममा कार्य समितिकी सहसचिव श्री मेनका आचार्य/पोखरेलद्वारा लिखित ‘अश्रुसिक्त’ नामक कथासङ्ग्रहको लोकार्पण भएको छ । सम्मानित व्यक्तित्व र पुस्तकका बारेमा दिलिप अर्याल र प्राडा श्री कृष्णप्रसाद दाहालले प्रकाश पार्नुभएको थियो ।

प्रमुख अतिथि प्रा.डा. गार्गी शर्माले सम्मानित र लेखिकाको विषयमा संक्षिप्त टिप्पणी गर्दै दुवैलाई बधाइ ज्ञापन गर्नुभएको थियो । मन्तव्य व्यक्त गर्नेहरूमा सम्मानित व्यक्तित्व, कृतिकार, विशेष अतिथि बाजुराम पौडेल, भाग्यशाली अधिकारीलगायतका रहनुभएको थियो ।

उपाध्यक्ष विमल अर्यालको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन सह कोषाध्यक्ष शारदा खनाल/पराजुली गर्नुभएको थियो । समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले धन्यवाद तथा पुस्तक लेखिका तथा सम्मानित व्यक्तित्वको बारेमा र छनौटका प्रकृयाहरूको विषयमा प्रकाश पार्दै सम्पूर्ण सहयोगी मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

कविता वाचन गर्नेहरुमा (कार्यसमितिका सदस्यबाहेक) ओमप्रसाद कोइराला, ठाकुरप्रसाद खतिवडा, रामकुमार पण्डित, दुर्गा अधिकारी, वासुदेव पौडेल, रामचन्द्र दाहाल, बद्रीप्रसाद सुवेदी, बुद्धि सागर पौडेल, सरिता दुलाल घिमिरे, राजेशमान के.सी, गोपाल कृष्ण रिजाल, शान्ति रिसाल, भवानी अर्याल, कृष्णप्रसाद नेपाल, ऋचा, द्वारिका कुइकेल, भावना न्यौपानै, सीताराम पोखरेल, कोमल लामिछाने, कुमारराज सुवेदी, माधव खनाल, विजया बस्नेत, कृष्णा श्रेष्ठ, उद्धव राजयमाझी, सुरेन्द्र पोखरेललगायत १२५ भन्दा बढीको उपस्थिति रहेको थियो ।

सचिव परशुराम पराजुलीले सम्मानपत्रको वाचनलगायतका व्यवस्थापनको कार्य, कोषाध्यक्ष घनश्याम प्रसाई, कार्यसमिति सदस्य सुमन पुडासैनीले व्यवस्थापनसँग सम्बन्धित सम्पूर्ण कार्य सम्हाल्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x