साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार हरिनारायण भट्टराई झर्रो शैली सम्मानबाट सम्मानित

पुस्तकालयका सभापति खगिन्द्रा खुसीको अध्यक्षता, आख्यानकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्य, झर्रोवादी अभियन्ता एवम् अग्रज साहित्यकार चूडामणि रेग्मी र प्राज्ञ सुभद्रा भट्टराईको विशेष आतिथ्य रहेको थियाे ।

Nepal Telecom ad

झापा, २०८२ वैशाख २ । भद्रपुर नगरपालिका वार्ड नं १० को कार्यालय परिसरमा अवस्थित लेखनाथ पुस्तकालय चन्द्रगढीले एक भव्य र सभ्य कार्यक्रमका बिच “चूडामणि रेग्मी झर्रो शैली सम्मान तथा पुरस्कार वितरण एवम् “आलेख” (चूडामणि रेग्मी अङ्क) तथा लेखनाथ स्मारिका -२” लोकार्पण कार्यक्रम सम्पन्न गरिएको छ।

पुस्तकालयका सभापति खगिन्द्रा खुसीको अध्यक्षता, आख्यानकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्य, झर्रोवादी अभियन्ता एवम् अग्रज साहित्यकार चूडामणि रेग्मी र प्राज्ञ सुभद्रा भट्टराईको विशेष आतिथ्य रहेको थियाे ।

कार्यक्रममा झर्रो शैली सम्मानबाट सम्मानित व्यक्तित्व विर्तामोड निवासी साहित्यकार हरिनारायण भट्टराई र उहाँकी धर्मपत्नी तिलरुपा भट्टराईलाई मञ्चासन गराइएको थियो। सम्मानित व्यक्तित्वकी छोरी शीला शर्मा र बुहारी उमा अधिकारी भट्टराईको पनि उपस्थिति रहेको थियो।

झर्रो शैली सम्मान तथा पुरस्कारको स्थापना झर्रोवादी अभियन्ता चूडामणि रेग्मीका सुपुत्र प्रदीपमणि रेग्मीबाट २०७९ सालदेखि उपलब्ध गराउन प्रारम्भ गरिएको हो। नगद रु २५,०००/- सहित सम्मान- पत्र, अविरटीका, माला, खादा र दोसल्लाद्वारा सदम्पतीलाई प्रमुख अतिथि, विशेष अतिथि र पुरस्कारका संस्थापक प्रदीपमणि रेग्मी र कार्यक्रमको सभापति तथा पुस्तकालयको सभापति खगिन्द्रा खुसीले सम्मान गर्नु भएको थियो।

सोही कार्यक्रममा लेखनाथ पुस्तकनलयबाट प्रकाशित – लेखनाथ स्मारिका -२ र काठमाण्डौबाट प्रकाशित “आलेख चूडामणि रेग्मी अङ्क” को विमोचन गरिएको थियो । काठमाण्डौमा २०८१/१२/२८ गते लोकार्पण गरिएको गीतकार टीका भट्टराईद्वारा लिखित १०१ वटा गीत सङ्ग्रहित कृति “माटोको सुगन्ध” को वारेमा चन्द्रमणि पौडेलले संक्षिप्त रुपमा प्रकाश पार्नुभएको थियो।

गीतकार टीका भट्टराई नेपालले सोही कृतिभित्रबाट सङ्गिनी गीत गाउनु भएको थियो। विमोचित कृति आलेख चूडामणि रेग्मी अङ्कको संक्षिप्त समीक्षा लेखनाथ पुस्तकालयका पूर्व सभापति तथा स्रष्टा नवराज घिमिरेले गर्नु भएको थियो।

आलेख भित्र अभागी थेगुवा, कृष्ण धरावासी, प्रा. डा. जीवेन्द्र देव गिरी, झाँक्री खोले, पुण्यप्रसाद खरेल, प्रा.डा. भीम खतिवडा, मधु पोखरेल, राजेश ढुङ्गाना, सरला चापागाईँ, हरिहर खनाल र आलेखका सम्पादक / प्रकाशक अच्युत घिमिरेका चूडामणि रेग्मीका वारेमा लेखिएका आलेख समेटिएका छन्।

लेखनाथ स्मारिका-२ मा शुभकामना ,प्रकाशकीय र सम्पादकीय वाहेक ७३ वटा रचनाहरु सङ्ग्रहित भएका छन्। कृतिलाई संस्मरण, लेखरचना, समीक्षा, समालोचना खण्ड र कविता खण्ड गरि दुई खण्डमा विभाजित गरिएको देखिन्छ।

पहिलो खण्डमा ४१ जना स्रष्टाहरुको लेख पढ्न पाइन्छ भने दोस्रो खण्डमा ३२ जना कविहरुका कविता, गजल र मुक्तकहरु सङ्ग्रह गरिए छ। यस स्मारिकाको सम्पादक मण्डलमा खगिन्द्रा खुसी,नवराज घिमिरे र होम सुवेदी रहनु भएको छ। स्मारिकाको प्रकाशक चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह परिवार, पुष्पलाल चोक, भद्रपुर-९ झापा रहेको छ। यसको कभर पृष्ठमा कवि शिरोमणि लेखनाथ पौड्यालको लेखनाथ चोक स्थित शालिकमा रहेको तस्विर राखिएको छ ।वाहिरी कभर पृष्ठमा प्रकाशक संस्थाको आफ्ना भनाई सहित नव वर्ष २०८२ को शुभकामना व्यक्त गरिएको छ। यस स्मारिकाको वाहिरी कभर पृष्ठको अघिल्तिर चारपेजमा लेखनाथ पुस्तकालयले सम्पन्न गरेका कार्यक्रमहरुको रङ्गीन कलेवरमा तस्विरहरु राखिएका छन्।

स्मारिका सम्पादन मण्डलका सदस्य ह‍ोम सुवेदीले सम्पादनका क्रममा आइपरेका समस्या र लेख रचना सङ्कलन गर्दा भोगेका अप्ठ्याराोको बारेमा सम्पादन मण्डलको अनुभूति राख्नु भएको थियो।

कार्यक्रममा जयप्रसाद आचार्य (कविता), दिलीप घिमिरे (गजल), मीना अधिकारी (कविता)ले आ- आफ्ना सिर्जना वाचन गर्नु भएको थियो भने कार्यक्रमको सभापति खगिन्द्रा खुसीले चूडामणि रेग्मीलेको कृति “यक्षको पोखरा प्रवाश” बाट एउटा कविता वाचन गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि पुण्यप्रसाद खरेल र विशेष अतिथि प्राज्ञ सुभद्रा भट्टराईले शुभकामना मन्तव्य राख्नु भएको थियो भने सम्मनित स्रष्टा हरिनारायण भट्टराईले पनि सम्मानित एवम् पुरस्कृत हुँदाको आफ्ना अनुभूतिहरु राख्नु भएको थियो।

पुस्तकालयको कार्यसमिति सदस्य निर्मला बाँस्तोलाले स्वागत मन्तव्य सहित कविता वाचन गर्नु भएको थियो भने सञ्चालन सचिव हरिकिशोर आचार्यले गर्नु भएको थियो।

कार्यक्रमको अन्त्यमा आफ्ना महत्वपूर्ण भनाई राख्तै उपस्थित सवैमा धन्यवाद ज्ञापन गर्दै सभापति खगिन्द्रा खुसीले कार्यक्रमको समापन गर्नुभएको थियो।कार्यक्रममा झापाली साहित्यकारहरुको वाक्लै उपस्थिति रहेको थियो।

०००
– देवीचरण भण्डारीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x