साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुलेश्वर आवाश परिवारले देवकाेटा जयन्ती मनायाे

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. माधव पोखरेलले महाकवि देवकोटाको बहुप्रतिभाको चर्चा गर्दै सांकृत्यायनले भारतका ३ महाकविहरु- प्रसाद, पन्त र निराला बराबरको एक लक्ष्मीप्रसाद देवकोटा हुन् भनेकाे स्मरण गर्नुभयाे ।

Nepal Telecom ad

“खोज्छ्न सबै सुख भनी त्यो सुख कहाँ छ ?
आफू मिताई अरुलाई दिनु जहाँ छ ।”
– महाकवि लक्ष्मीप्रसाद देवकोटा ।

काठमाडाैं, २०८२ कात्तिक १९ । कुलेश्वर आवाश परिवार कल्याण संस्था कुलेश्वर, कामपा १४ ले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जयन्ती साहित्यिक कार्यक्रमको आयोजना गरि मनायो।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. माधव पोखरेलले महाकवि देवकोटाको बहुप्रतिभाको चर्चा गर्दै भारतका महापण्डित राहुल सांकृत्यायनले भारतका ३ महाकविहरु- प्रसाद, पन्त र निराला बराबरको एक लक्ष्मीप्रसाद देवकोटा हुन भनेकोबाट देवकोटाको बहुप्रतिभा झल्किन्छ भन्नू भयो।

नाट्यसम्राट बालकृष्ण समले देवकोटाको ३ जन्मको उल्लेख्य गरेको बारेमा चर्चा भयो। पहिलो मुनानदन (खण्डकाव्य), दोस्रो शाकुन्तल (महाकाव्य) र तेस्रो पागल कविता ।

कुलेश्वर आवास परिवार कल्याण संस्थाले महाकवि देवकोटाको नेपाली साहित्यमा अमुल्य योगदान रहेको र उहाँको जयन्ती मनाएर यसप्रकारको कार्यक्रमको आयोजना गरेकोमा मलाई अति खुसी लाग्यो।

यो कार्यक्रम यस संस्थाको साहित्य, कला, संस्कृति समाज, जेष्ठ नागरिक मिलान केन्द्र र महिला समुहको संयुक्त आयोजनामा भएको हाे।

यहाँ जेष्ठ (पाका मानिसहरू) नागरिकहरुको बढि उपस्थित देखियो। नियमित कार्यक्रममा पाका जेष्ठ नागरिकहरुको पनि अनुभव सुन्ने सुनाउने राख्नु होला भन्ने सल्लाह दिनु पिन पाेखरेलले दिनु भयाे ।

कार्यक्रममा रास्ट्रियगान गाइएको थियो । प्रमुख अतिथि डा माधव पोखरेलबाट तुलसीको बिरुवामा जल सिंचन र दीप प्रज्वलन गरि उद्घाटन भएको थियो।

कार्यक्रममा कविहरु- बेट्टी बज्राचार्य, शीतल भट्टराई, मथरा सैजु, यामसन प्याकुरेल, घनश्याम गैतम, त्रिलोचन जोशी र कमला प्याकुरेलको गीत लगायत देवकोटा बारेका कविताहरु बाचन गरिएका थिए ।

बाचित कविताहरुको समीक्षाको साथै महाकवि देवकोटाले नेपाली साहित्यमा पुर्याउनु भएको अभूतपूर्व योगदानको बारेमा विशेष अतिथि बुद्धिमान ढुंगानाले चर्चा गर्नुभएको थियो।

कार्यक्रमको बारेमा चर्चा गर्दै संयोजक नीलहरी सुबेदीले स्वागत, सचिव कुशेस्वर जोशीले उद्घोषण र अध्यक्षता उपाध्यक्ष राम विनयले गर्नुभएकाे थियो।

कार्यक्रममा पाका नागरिक, युवाहरूलगायत करिब ९० जना सहभागीहरुको उपस्थितलाई कार्यक्रका अध्यक्षबाट धन्यवाद ज्ञापन गरेर समापन गरिएको थियो।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x