साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नागार्जुन वाङ्मय प्रतिष्ठानको विविध कार्यक्रम सम्पन्न

साहित्यकार एवं पत्रकार स्व. थपलियाका कृतिहरुका बारेमा चर्चा गरिएको थियो। डा. राम प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता र नागार्जुनका अध्यक्ष दिल पौडेल सभाध्यक्ष रहनु भएको थियाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ कात्तिक १५ । नागार्जुन वाङ्मय प्रतिष्ठान, काठमाडौँका संस्थापक सदस्य स्व. यादव थपलियाको ४७ औँ जन्म जयन्तिका अवसरमा काठमाडौँमा आयोजित सुप्रभात काव्यगोष्ठी, स्मृति सभा तथा सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ।

कार्यक्रममा प्रतिष्ठानको उपाध्यक्ष समेत रहिसक्नुभएका साहित्यकार एवं पत्रकार स्व. थपलियाका कृतिहरुका बारेमा चर्चा गरिएको थियो। डा. राम प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता र नागार्जुनका अध्यक्ष दिल पौडेल सभाध्यक्ष रहनु भएको उक्त कार्यक्रम यशोदा अधिकारीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा नागार्जुन प्रतिष्ठानका कोषाध्यक्ष शिवहरी पाण्डेले स्वागत मन्तव्य दिनुभएको थियो ।

साहित्यकार तथा सन्चारकर्मी प्रकाश सिलवालले थपलियाको ‘हाँडीगाउँले जात्रा’ कृतिमाथि संक्षिप्त विवेचना गर्नुभएको थियो। त्यस्तै थपलियाको अर्को कृति ‘मृत्युचुम्बन’ को छोटो समालोचना समारोहका सभापति ज्ञवालीले नै गर्नुभएको थियो भने अर्का अतिथि दिनदयाल रेग्मीले थपलियाको अर्को कृति ‘सम्मतिका छालभित्र’ बारेमा चर्चा गर्नुभएको थियो।

त्यसैगरी अतिथि रामदेव पाण्डेले थपलियाको अर्को कृति बालकथासङ्ग्रह ‘फर्सीबाको न्याय’ का सम्बन्धमा चर्चा गर्नुभएको थियो। कार्यक्रममा स्व. थपलियाले छोटो समयमा तमाम विषयका अतिरिक्त पर्यावरण संरक्षण लगायतका सन्देशमूलक लेख-रचनाहरु र कृतिहरु छोडेर संसारबाट बिदा हुनुभएको कुरा पनि बताइएको थियो।

स्रष्टा विशेषमा कवयित्री गंगा खतिवडा (थपलिया) ले ४ वटा कविताहरु वाचन गर्नुभएको थियो । कार्यक्रममा यादव थपलियाको कवितासङ्ग्रहबाट केही थान कविता वाचन गरिएको थियो।

कार्यक्रममा साहित्यकारहरु माधव घिमिरे ‘अटल’, ‘नविन पल्लव’, अमर अधिकारी, शशीश्री आचार्य, देवी पराजुली, प्रतिष्ठानका संस्थापक अध्यक्ष वैरागी जेठा, संस्थापक सदस्य चेतनाथ धमला, कृष्णहरि भट्ट लगायतले कविता वाचन गरेका थिए ।

त्यसैगरी कवि पुर्ण विरामको दुई थान कविता वाचनमा कवि फाक्लुक्पाले उत्कृष्ट कविता वाचन गरे वापत नगद पुरस्कार प्राप्त गरेका थिए।

०००
अमर अधिकारीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x