फित्काैली डटकममैथिली भाषाको यात्रा संस्मरण ‘जगन्मुक्ति’ लोकार्पण
पत्रकार महासङ्घ बाग्लुङद्वारा आज आयोजित ‘बागलुङ मिडिया मेला, २०८२’को उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकार्पण गर्नुुभएको हो ।

गण्डकी । राष्ट्रिय समाचार समिति (रासस)का निवर्तमान कार्यकारी अध्यक्ष धर्मेन्द्र झाद्वारा लिखित मैथिली भाषाको यात्रा संस्मरण ‘जगन्मुक्ति’ लोकार्पण गरिएको छ ।
सो पुस्तक नेपाल पत्रकार महासङ्घ बाग्लुङद्वारा आज आयोजित ‘बागलुङ मिडिया मेला, २०८२’को उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकार्पण गर्नुुभएको हो । साहित्यमा धर्मेन्द्र विह्वल उपनामले परिचित झाले हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ र समुद्र किनारास्थित जगन्नाथसम्मको नियात्रालाई सो पुस्तकमा समेट्नुभएको छ ।
मुक्तिनाथका सम्बन्धमा मैथिली भाषामा लिखित पहिलो पुस्तकका रूपमा जगन्मुक्ति रहेको बताउँदै लेखक झाले मैथिली भाषीलाई मुक्तिनाथ जान्न र बुझ्न यो उपयोगी बन्ने विश्वास व्यक्त गर्नुुभयो । पछिल्लो समय मुक्तिनाथ दर्शन गर्न जाने मैथिली भाषीको सङ्ख्या बढेको उल्लेख गर्दै उहाँले भन्नुुभयो, “प्रत्येक मिथिलावासीको घरमा शालग्रामको पूजा हुन्छ । मुक्तिनाथ शालग्रामको केन्द्र हो ।”
यात्राका क्रममा देखिएका विभिन्न विषयवस्तुलाई कुल १०२ पृष्ठमा समेटिएको पुस्तकमा विभिन्न महत्तवपूर्ण तस्वीर पनि समावेश गरिएको छ ।
उहाँका यसअघि ‘रस्ता तकैत जिनगी’, ‘एक सृष्टि एक कविता’, ‘एक समयक बात्’, ‘शहरक भीडमे एसगर हम’, ‘व्योमक ओहि पार’, ‘मिथिला मिथक’, ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’, ‘भ्रमरका उत्कृष्ट नाटकहरु’ (अनुवाद), ‘गोनुु झाका कथाहरू’लगायत विभिन्न कृति प्रकाशित छन् ।
०००
Subscribe
Login
0 Comments
Oldest





































