हरिशंकर परसाईंपहिलो तस्कर
भरतले भने- “तस्करी त अनैतिक हो । तर तस्कर गरिएको सामानबाट आफन्त वा आफ्ना भाइ, भतिजालाई फाइदा हुन्छ भने त्यो काम नैतिक हुन्छ । हनुमान् औषधि लिएर जाऊ ।

व्यङ्ग्यानुवाद :: आर.सी. रिजाल
लक्ष्मण मेघनाथको शक्तिशाली प्रहारले घाइते भएका थिए । हनुमान् उनलाई बचाउन हिमाञ्चल प्रदेशबाट सञ्जीवनी बुटी लिएर फर्कदै थिए । फर्कदै गर्दा अयोध्याको सिमानामा समातिए । हनुमानलाई समात्न खोज्ने सिमानाको सुरक्षाकर्मी हनुमान् मुक्का खाएर ढले । राजधानीमा बढो शक्तिशाली तस्कर आएको हल्ला फैलियो । सिमानाको पूरा फोर्सले उनीसँग सामना गर्न सकिरहेको थिएन । आखिर भरत र शत्रुघ्न आए । हनुमान् आफ्ना आराध्य रामचन्द्रका भाइ देखेर नम्र भए । शत्रुघ्नले भने- “यो तस्करले निकै दुःख दियो । दाइ, तपाईं त सन्यास लिएर बस्नुभएको छ । मैले योसँग भिड्नुपर्छ ।”
भरतले हनुमानसँग सोधें- “कहाँबाट आएको होस् ?”
हनुमान्ले भने- “हिमाञ्चल प्रदेशबाट ।“
भरत- “तँसँग के छ ? सुनको बिस्कुट, गाँजा, अफिम ?”
हनुमान- “औषधि छ ।”
शत्रुघ्नले भने- “ए ! औषधिको तस्करी भैरा’छ, निकाल कहाँ छ ?”
हनुमान्ले सञ्जीवनी निकालेर राखिदिए र भने- “मलाई तपाईंहरूको ठूलो दाजु रामचन्द्रले यो औषधि लिन पठाउनुभएको हो ।”
शत्रुघ्नले भरततर्फ हेरेर भने- “ठूलो दाइले यो के गर्न लागेको हो ? तस्करीमा लाग्नु भएछ । पैसाको खाँचो भए हामीसँग माग्या भए हुन्थ्यो । तस्करको धन्दामा किन फसेको हो । यस्तो धन्दामा ठूलो बदनाम हुन्छ ।”
भरतले हनुमानसँग सोधे- “यो औषधि कहाँ लाँदै छौ ? यसलाई कहाँ बेच्छौ ?“
हनुमान्ले भने- “लङ्का लाँदै थिएँ ।
भरतले भने- “ए । त्यहाँ उत्तर भारतबाट तस्करी गरेको माल बिक्छ । कसले किन्छ ?
“रावणका आफन्तले ।”
हनुमान्ले भने- “यो औषधि त भगवान् रामको लागि नै लाँदै थिएँ । कुरा के भने तपाईंका दाइ लक्ष्मण घायल भएर मरणाशन्न अवस्थामा छन् । यो औषधिविना उनी बाँच्न सक्तैनन् ।“
भरत र शत्रुघ्नले एकअर्कालाई हेरे । त्यसबेलासम्म कर्मचारीले रजिस्टरमा तस्करीको सामान भनेर जनाइसकेका थिए । शत्रुघ्नले भने- “भरत दाइ, तपाईं ज्ञानी हुनुहुन्छ । यो अवस्थामा नीतिले के भन्छ ? शासकको के कर्तव्य हुन्छ ?“
भरतले भने- “तस्करी त अनैतिक हो । तर तस्कर गरिएको सामानबाट आफन्त वा आफ्ना भाइ, भतिजालाई फाइदा हुन्छ भने त्यो काम नैतिक हुन्छ । हनुमान् औषधि लिएर जाऊ ।
अनि कारिन्दालाई भने- “रजिस्टरको पन्ना च्यातिदेऊ ।”
‘भोलारामको आत्मा’
Subscribe
Login
0 Comments
Oldest

































