साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकतन्त्रको अभ्यास

विजेता गधा भने- भेडाहरूतर्फ हेर्दा पनि नहेरी धन्यवाद र आभार प्रकट गर्न सिंहकहाँ पुग्यो । जङ्गलमा लोकतन्त्रको अभ्यास वर्षौदेखि वर्षौंसम्म यसैगरी चलिरहेको थियो ।

Nepal Telecom ad

जनावरहरूको साम्राज्यमा चुनाव हुँदै थियो । गधाहरू उम्मेदवार बनेका थिए । भेडाहरू भोट हाल्न लामवद्ध थिए ।

स्यालहरू चुनाव गराउन खटिएका थिए । सिंहहरू भने टाढै बसेर भेडाहरूले जोसुकैलाई भोट दिउन् तर हामीले भनेको उम्मेदवारलाई मात्र विजेता घोषित गर्नू भनी स्यालहरूलाई निर्देशन दिइरहेका थिए ।

भोट हाल्ने काम सकेपछि भेडाहरू विजेता घोषणाको प्रतीक्षामा बसे । स्यालहरूले सिंहले भनेका उम्मेदवारलाई विजेता घोषित गरे । आफूहरूकै निणर्ायक भोटबाट उम्मेदवार विजयी भएको ठानेर भेडाहरूले ताली बजाए ।

भेडाहरू विजेतालाई बधाई दिन र विजेताबाट धन्यवाद थाप्न लामवद्ध भए । तर विजेता गधा भने- भेडाहरूतर्फ हेर्दा पनि नहेरी धन्यवाद र आभार प्रकट गर्न सिंहकहाँ पुग्यो ।

जङ्गलमा लोकतन्त्रको अभ्यास वर्षौदेखि वर्षौंसम्म यसैगरी चलिरहेको थियो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x