साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि प्रेम राईका पाँच कृति एकैसाथ लोकार्पण

कवि,गीतकार, बाल साहित्यकार तथा प्याव्सन काठमाडौंका अध्यक्ष प्रेम राई परीक्षितका ५ वटा पुस्तक एकैसाथ लोकार्पण गरिएको छ ।

Nepal Telecom ad

काठमाडौं । कवि,गीतकार, बाल साहित्यकार तथा प्याव्सन काठमाडौंका अध्यक्ष प्रेम राई परीक्षितका ५ वटा पुस्तक एकैसाथ लोकार्पण गरिएको छ ।

शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, गीतकार कृष्ण हरि बराल, साहित्यकार अनन्त वाग्ले,डा. यज्ञेश्वर निरौला लगायतले पुस्तक लोकार्पण गर्नु भएकाे हाे ।

कार्यक्रममा गीतकार कृष्णहरि बरालले परीक्षितकाका गीति सङ्ग्रह ‘मेरो गीत मेरो प्रतिविम्व’मा वियोगका भाव मात्र हैन गीतमा मानिस मानिस बन्न नसकेको बताउँदै मानवतावादी गीतहरू रहेको उल्लेख गर्नुभयाे ।

कार्यक्रममा डा. भोला रिजालले परीक्षितको गीत सङ्ग्रहको समीक्षा गर्नुभयाे । कविता कृतिमाथि कवि विना थिङले समीक्षात्मक टिप्पणी गर्नुभएकाे  थियाे । साथै लोकार्पित बाल साहित्यिक कृतिका बारेमा भने साहित्यकार अनन्त वाग्ले र शान्ति सापकोटाले समीक्षात्मक टिप्पणी गर्नु भएकाे थियाे ।  साहित्यकार अनन्त वाग्लेले अबका बालगीतहरूले अंग्रेजी गीतहरू ‘जोनी जोनी एस् पापा, हेप्पी बर्थ डे’ लगायतका गीतहरू विस्थापित गर्ने क्षमता राख्नु पर्नेमा जोड दिनु भयाे ।

कार्यक्रममा विन्दु अधिकारी ढकालले कवि परीक्षितका कविता वाचन गर्नुभयाे । कुलपति गंगाप्रसाद उप्रेतीले परीक्षितको क्षमताको प्रशंसा गर्नुभयाे ।  कार्यक्रममा उपस्थित व्यक्तित्वहरूलाई लेखक परीक्षितले ५ वटै कृति मोबाइलमा टाइप गरेर प्रकाशनमा ल्याइएको बताउनु भएकाे थियाे ।

खोताङको सिम्पानीमा जन्मिनुभएका परिक्षित नेपाली साहित्यमा सक्रिय रहँदै शिक्षण पेसामा आवद्ध हुनुहुन्छ  ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x