साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म को हुँ ?

यता म खान्छु देशको उता गएर पथ्थर म हान्छु बन्धु भाइकै फुटाउने छु खप्पर मजा छ लुट्न देश यो चुनाव जित्छु हर्दम कुकर्म गर्न सक्छ को म ढाँट्छु सत्य निर्मम ।

Nepal Telecom ad

म धान खर्ब खर्बको विदेशबाट ल्याउँछु
म दाल तेल वस्त्र यी विदेशकै मगाउँछु
युवाहरू स्वदेशका प्रवासतर्फ खेद्दछु
म कर्मशील पाखुरा समुद्रपारि बेच्दछु ।

जडीबुटी सबै उतै निकास गर्छु छन् जति
किनेर औषधीहरू भँडार भर्छु सम्प्रति
नदी र काठ छन् यहाँ म बेच्छु सूक्ष्म दाममा
धराप पार्छु देश यो विरूप पार्छु नाममा ।

स्वदेश पुत्र हूँ भनी म भक्तिगान गाउँछु
ललाट माथ यी दुवै उधै खुबै झुकाउँछु
धनी म देश पार्छु यो गरेर पौरखी कला
पुगेर पारि गर्वले मिलाउने छु मै गला ।

यता म खान्छु देशको उता गएर पथ्थर
म हान्छु बन्धु भाइकै फुटाउने छु खप्पर
मजा छ लुट्न देश यो चुनाव जित्छु हर्दम
कुकर्म गर्न सक्छ को म ढाँट्छु सत्य निर्मम ।

म राष्ट्र गीत गाउँदै अखण्ड देश माग्दछु
परन्तु गोप्य रूपमा सखाप पार्न लाग्दछु
विकास गर्छु देशको भनी फलाक्छु बाहिर
पकेट भर्छु बेस्सरी म हुन्छु टम्म आखिर ।

दमक, भापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x