सुलसुलेहेटौंडामा कवि श्रवण मुकारुङ सम्मानित
पल्पसा सदनमा आयोजित कार्यक्रममा महालक्ष्मी विकास बैंकसँगको सहकार्यमा समाजले ५१ हजार रुपैयाँ राशीसहित ‘महालक्ष्मी साहित्य पुरस्कार-२०७८ बाट मुकारुङलाई सम्मानित गरेको हो ।

असार २४/२५, हेटौँडा । मातृभूमि साहित्य समाज मकवानपुरद्वारा साहित्यकार श्रवण मुकारुङलाई सम्मानित गरिएको छ ।
शुक्रबार पल्पसा सदनमा आयोजित कार्यक्रममा महालक्ष्मी विकास बैंकसँगको सहकार्यमा समाजले ५१ हजार रुपैयाँ राशीसहित ‘महालक्ष्मी साहित्य पुरस्कार-२०७८ बाट मुकारुङलाई सम्मानित गरेको हो । यस्तै ७ हजार ५ सय रुपैयाँ राशीसहित केशवलाल स्मृति पत्रकारिता पुरस्कार राममणि दाहाललाई प्रदान गरिएको छ ।
चितवनका साहित्यकार केशवराज विनोदीको प्रमुख आतिथ्य तथा मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोख्रेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा महालक्ष्मी विकास बैंक हेटौंडा शाखाका प्रबन्धक शम्भु पराजुली, विभिन्न साहित्यिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
दुई दिने कार्यक्रमको दोस्रो दिनमा कलाकार विष्णु सापकोटा-हर्के हवल्दारले हास्यव्यङ्ग्य प्रस्तुति दिनु भएको थियो । शनिबार भएको सो कार्यक्रममा आशिष श्रेष्ठद्वारा बुवाको नाममा स्थापित १५ हजार राशीको श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार२०७८ समाजसेवि सिद्धिलाल श्रेष्ठ, समाजका उपाध्यक्ष कृष्णप्रसाद दहालद्वारा बुवाको नाममा स्थापित १५ हजार राशीको ईश्वर स्मृति मातृभूमि पुरस्कार २०७८ संचारकर्मी सुष्मा के.सि. श्रेष्ठ , हातेमालो सहकारीद्वारा स्थापित १० हजार राशीको हातेमालो मातृभूमि युवा सृजनशील सम्मान २०७८ गायिका सुनिता बुर्लाकोटी लुईटेल, अर्चना रिजालद्वारा आफ्ना श्रीमानको नाममा स्थापित शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान२०७८ शिक्षासेवी गोकुललाल श्रेष्ठ, शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान २०७८ बाट शिक्षासेवी निरा गोर्खाली, समाजका पूर्व अध्यक्ष राजबाबु पहाडीद्वारा स्थापित ७ हजार ५ सय राशीको झलक ब. बानियाँ जीवन संघर्ष मातृभूमि सम्मान २०७८ बाट कमला आधारभूत बिद्यालय हर्नामाडी १८ कि छात्रा सृजना लोलाई सम्मानित गरियो ।
सो कार्यक्रमलाई हेटौंडा स्कूल अफ म्यानेजमेन्टले सौजन्य गरेको हो । प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले मन्तव्यका क्रममा प्रज्ञा प्रतिष्ठानका सम्बन्धमा छलफल भइरहेको बताउनु भएको थियो ।
सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजाल, साहित्य संगमकी अध्यक्ष अनिता न्यौपाने, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, आँचल साहित्य पुञ्जकी अध्यक्ष भावना सापकोटा, पुरुषोत्तम आचार्य, सानु खनाल, देवराज खरेल लगायत साहित्यकार तथा विविध उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रममा साहित्यकारहरूले आफ्ना साहित्यिक रचना वाचन समेत गर्नु भएको थियो ।
-सम्प्रस पौडेल, हेटौडा
Subscribe
Login
0 Comments
Oldest












































