साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एै मूला ! म किन ठूला ?

न म कसैको चम्चा बनेँ । न कसैको हनुमान हुँ भनेँ । न कहिल्यै कसैलाई गोडेँ । न राजनीतिको खोल ओढेँ । अनि, म कसरी ठूला ? एै मूला ! भन, म किन ठूला ?

Nepal Telecom ad

म, आफ्नै छानोमुनि, मानो खाएर
सन्तोषको बेलिविस्तर लाएर
आनन्दसँग बसिरहेको मान्छेलाई
बिनसित्तिमा ठूलो मान्छे रे !?
झोँकै चल्ने !?
एै मूला ! भन, म किन ठूला ?

न मैले मान्छे गिँडेँ ।
न मान्छे मार्दै हिँडेँ ।
न होलीवाइनमा बिकेँ ।
न समृद्धिको कुरा झिकेँ ।
अनि, म कसरी ठूला ?
एै मूला ! भन, म किन ठूला ?

मैले न कसैकी स्वास्नी ताकेँ ।
न कसैकी स्वास्नी सुटुक्क डाकेँ ।
न घरकी, न परकीलाई ढाकेँ ।
न देवी देउतालाई झैँ भाकेँ ।
अनि, म कसरी ठूला ?
एै मूला ! भन, म किन ठूला ?

न मलाई सत्ताको मात लाग्यो ।
न मलाई भत्ताले भात लाग्यो ।
न कसैको मैले झापड खाएँ ।
न कतै जुत्ताको लापड पाएँ ।
अनि, म कसरी ठूला ?
एै मूला ! भन, म किन ठूला ?

न मैले कमिशनको ‘क’ जानेँ ।
न भ्रष्टाचारको ‘भ’ जानेँ ।
न कुनै नेतालाई देवता मानेँ ।
न परम परमेश्वर ठानेँ ।
अनि, म कसरी ठूला ?
एै मूला ! भन, म किन ठूला ?

न म कसैको चम्चा बनेँ ।
न कसैको हनुमान हुँ भनेँ ।
न कहिल्यै कसैलाई गोडेँ ।
न राजनीतिको खोल ओढेँ ।
अनि, म कसरी ठूला ?
एै मूला ! भन, म किन ठूला ?

बुझिस् !?
ठूला हुन ढाँट्नु पर्छ ।
मान्छे मार्न आँट्नु पर्छ ।
रात-विरात बैंश साट्नु पर्छ ।
छप्काई छप्काई मान्छे काट्नु पर्छ ।
अनि बल्ल ठूलो मान्छे हुन्छ ।
देशको ढुकुटीको भान्छे हुन्छ ।
यी सबै गर्न डराउने बबुरो म,
अनि, म कसरी ठूला ?
एै मूला ! भन, म किन ठूला ?
मूला ! म किन ठूला ?

१९ फागुन २०७६
पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x