साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किशनको ‘खुसी’ गृह जिल्लामा विमोचन

मातृभूमि साहित्य समाज हेटौंडाको आयोजनामा मकवानपुरका लघुकथाकार किशन पौडेलको दोस्रो कृति लघुकथा संग्रह ‘खुसी’ गृह जिल्लामा विमोचन गरिएको छ ।

Nepal Telecom ad

हेटौंडाः मातृभूमि साहित्य समाज हेटौंडाको आयोजनामा मकवानपुरका लघुकथाकार किशन पौडेलको दोस्रो कृति लघुकथा संग्रह ‘खुसी’ गृह जिल्लामा विमोचन गरिएको छ । महालक्ष्मी साहित्य पुरस्कार—२०७८ समर्पण, कृति विमोचन एवम् काव्य बाचन समारोहकाबीच लघुकथाकार पौडेलको दोस्रो कृति लघुकथा संग्रह ‘खुसी’ विमोचन गरिएको हो ।

मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोख्ररेलको सभाध्यक्ष तथा वरिष्ठ कवि केशवराज आमोदीको प्रमुख आतिथ्यमा पुस्तक विमोचन भएको हो । मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक तथा समालोचक घनश्याम घिमिलेले लघुकथा संग्रह ‘खुसी’को टिप्पणी गर्नुभयो । मानवीय जीवन भोगाइका विविध पक्षहरू, राजनीतिक एवम् सामाजिक विकृति, बेथिति र विसंङ्गतिहरूलाई पौडेलको कृतिले चोटिलो रुपमा प्रहार गरेको उहाँले बताउनुभयो । सैद्वान्तिकरुपमा मात्र नभई सुत्रात्मक तथा प्रतिकात्मक रुपमा उत्कृष्ट लघुकथा भएको घिमिरेको धारणा छ । पौडेलको कृतिमा ८० वटा पृष्ठमा ४८ वटा शीर्षकमा लघुकथाहरू समेटिएको छ ।

२०२८ सालमा हेटौंडा- ६ मकवानपुरमा जन्मनु भएको पौडेल दुई दशकदेखि साहित्य क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँले गीत, गजल, मुक्तक, कविता, हाइकु, लघुकथामा कलम चलाउँदै आउनुभएको जनाइएको छ ।

यसैगरी पहिलो कृति गजल सङ्ग्रह ‘कहर’ २०७८ सालमा विमोचन गरिएको थियो । संयुक्त गजल संग्रह हैसियत—२०७८, संयुक्त लघुकथा संग्रह ‘आधुनिक खोज’—२०७८ र संयुक्त छेस्का कविता संग्रह ‘अभिव्यञ्जना’—२०७९ कृतिहरू पनि प्रकाशित रहेका छन् । कविता र मुक्तक प्रकाशोन्मुख रहेको जनाइएको छ । कार्यक्रममा मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् साहित्यकार पुष्प अधिकारी अञ्जली, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्यकासहरू देवराज खरेल, मुना अर्याल, आरसी रिजाल, सुवास खनाल, हयग्रीव आचार्य लगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x