सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यो बङ्गाली फिल्म

‘हिरोइन त भन्थी नि ‘मैले बिए गर्ने छु । मलाई कसैले रोक्न सक्दैन ।’’ भट्टाचार्य ‘ह ह ह ह’ गरेर जोरले हाँसे अनि बोले, ‘खुबै बुझेछौ तिमीहरूले ! अरे बिएको अर्थ ब्याचलर अफ आर्ट होइन । बिए अर्थात् बिहे हो, विवाह हो, म्यारेज हो ।’

Nepal Telecom ad

शरद जोशी :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

केटीहरू र विशेष रूपले राम्रा केटीहरूले बिए गर्ने त पुरानो र घरघरको समस्या हो र यस समस्यामाथि त एउटा चलचित्र पनि तन्किएर उभिन सक्छ भन्ने त मलाई अनुमान पनि थिएन । तर बङ्गालीहरूको त कुरै बेग्लै छ । के भन्नु र !

त्यस चलचित्रभवनमा कुन्नि किन हो म अनफिट लागिरहेको थिएँ । चलचित्रको विशेषता के थियो भने त्यो बङ्गालीमा थियो र मेरो विशेषता के थियो भने म बङ्गाली जान्दिनथेँ । रह्यो कलाप्रेमी हुने कुरो त, कलाप्रेमी कुनै मयुरको प्वाँख त होइन जसलाई शिरमा सिउरियोस् । चारैतिर चटर्जी, मुखर्जी र भट्टाचार्य प्रकृतिका मानिसहरू बसेका थिए धोतीकुर्ता लगाएर । अनि उनीहरूका सामु बसेका हामी नरेन्द्र र म दुवै पाखे लागिरहेका थियौँ । हामीलाई बङ्गाली आउँदैन । जबसम्म हलमा अँध्यारो भएन तबसम्म यस्तै अवस्था रहिरह्यो । हामी चुपचाप टाउको निहुर्‍याएर बसिरह्यौँ । अँध्यारो भएपछि हाम्रो पाखेपन पनि हरायो र एउटा बङ्गाली चलचित्र पूणर् गरिमासाथ देखाउन थालियो ।

यो बङ्गाली लेखकको बङ्गाली कथामा बनेको बङ्गाली चलचित्र थियो जसलाई बङ्गालका एकजना निर्माताले बङ्गाली अभिनेता र अभिनेत्रीहरूको सहायताले बङ्गालमै बनाएका थिए । कथा बङ्गालको एउटा सानो बस्तीमा बसोवास गर्ने बङ्गाली परिवारको थियो । अर्थात् त्यसमा सबैथोक बङ्गाली थियो । अलिअलि सङ्गीत बुझ्ने नरेन्द्रले के सम्झाउँदै थियो भने पृष्ठभूमिमा जुन सङ्गीत बजिरहेको छ त्यो पनि बङ्गाली नै हो । यति सबै हुँदाहुँदै पनि पनि हामीले त्यस चलचित्रलाई बुझ्ने प्रयत्न भने गर्‍यौँ ।

अनि हामीले छिटै के बुझ्यौँ भने चलचित्र सामान्य प्रेमकथा होइन । हिरोइनले (आहा ! खाइलाग्दी हिरोइन थिई !) इन्टरमिडिएट पास गरिसकेकी छ तर उसलाई बी. ए पढ्ने समस्या छ । पुरै कथानक यसै सानो समस्यालाई लिएर बुनिएको थियो । हिरो पनि यसै समस्याले पीडित थियो । हिरोइनसितको पहिलो भेटमै सोध्यो, ‘तोमार बिए होए गए छे ?’ (तिम्रो बिए भएको छ ?)
यस प्रश्नमा हिरोइनले केही उडन्ते उत्तर दिन्छे, ‘आमार बिए कोरबार दोरकार नेई’ (मलाई बिए गर्ने आवश्यकता छैन ।)

हामीले के बुझ्यौँ भने केटीले इन्टरमिडिएट गरिसकेकी छ तर तत्काल बिए गर्ने सोचमा छैन । तर हिरो के चाहन्थ्यो भने हिरोइनले पनि बिए गरोस् । जति वेला त्यसले हिरोइनलाई भेट्थ्यो त्यति बेला घुमाईफिराई एउटै कुरो सोध्थ्यो, ‘बिए कोरबे, ना कोरबे ?’ (बिए गछ्र्यौ कि गर्दिनौ ?)
सके हिरो त्यसै वर्ष बिएमा पसेको थियो र ऊ चाहन्थ्यो कि हिरोइनले पनि सँगै बिए गरोस्, परीक्षामा बसोस् । खोलानजिकैको दृश्यमा जहाँ प्रशस्त बादलहरू देखाइएका थिए अनि निकै सुरिलो पाश्र्वसङ्गीत बजिरहेको थियो त्यहाँ उसले हिरोइनको पुरै हात आफ्नो हातमा राखेर भनेको थियो, ‘आमार शोङ्गे बिए कोरबे ?’ (मसँगै बिए गछ्र्यौ ?)
हिरोइन लजाई । हामीलाई के लाग्यो भने वास्तवमा ऊ त पढ्न चाहन्छे तर चाहेर पनि पढ्न पाएकी छैन ।

चलचित्रमा बलियो खलनायक पनि थियो जुन जिम्दार प्रकृतिको व्यक्ति थियो र हातमा छडी लिएको हुन्थ्यो । ऊ पनि हिरोइन ग्य्राजुएट होस् भन्ने चाहन्थ्यो । जब हिरोइन आफ्नो घरमा खानेपानीको स्थायी समस्याको समाधान खोज्न कम्मरमा गाग्रो लिएर खोलातिर जान्थी खलनायक गोरेटो रोकेर उभिन्थ्यो र भन्थ्यो, ‘शुन्दोरी !’ (सुन्दरी !)
हामीलाई के अचम्म लाग्यो भने यो जुँगे खलनायक हिरोइन शुन्दोरीसँगै बिए गर्न चाहन्छ त्यत्तिकैले मात्र अहिलेसम्म बिए नगरेर बसेको छ ? यसै दृश्यको वरिपरि नै मध्यान्तर भयो र हामी समोसा भएतिर तानियौँ ।

हामीले के बुझ्न सकिरहेका थिएनौँ भने यो जैरी हिरोइनले बिए किन गर्दिनँ ? यति बेलासम्म त त्यसले बिए त के एमए नै गरिसक्थी ! अनि उसले बिए गर्न नचाहेकी नै भए पनि नगरोस् न ! यसमा यति दिक्दारिनुको र दर्शकलाई दिक्क लगाउनुको के मतलब ? अनि त्यो हिरो केवल यत्ति कुराका निम्ति हिरोइनका पछाडि किन परेको होला ? ‘दुनिया में और भी गम हैं बिए करने के सिवा !’ (दुनियाँमा अरू पनि समस्या छन् बिए गर्नुबाहेक ।)

‘यार मलाई त यस हिरोइनले इन्टरमिडिएट पनि गरेकी छ कि छैन भन्ने शङ्का छ ..।’ नरेन्द्रले भन्यो, ‘…मलाई त के लाग्छ भने जसरी यस केटीले दिनभरि पानी मात्र भरिरहन्छे, लुगा सुकाइरहन्छे र खाली बसिरहन्छे त्यस हिसाबले त यसले कलेजको थुतुनो पनि देखेकी छैन ?’

‘तिमी बुझ्दैनौ के नरेन्द्र, बङ्गालको परिस्थिति हाम्रो मध्यप्रदेशको परिस्थितिभन्दा एकदमै भिन्न छ । त्यहाँ गएका वर्षहरूमा शिक्षाको विकास तीव्र रूपमा भएको छ । गाउँगाउँमा कलेजहरू खुलेका छन् अनि युवक युवतीहरूमाथि चारैतिरबाट उनीहरूले बिए, एमए गरून् भन्ने दवाव आएको छ । तर युवकयुवतीहरूले केचाहिँ निणर्य गर्न सकिरहेका छैनन् भने उनीहरूले बिए गरून् कि नगरून् ! चारैतिर बेरोजगारी र असन्तोष छ । आज बङ्गालको कुन हालत छ भन्ने हामीले राम्रोसित बुझेका छौँ । यो चलचित्र यसै पृष्ठभूमिमा तयार पारिएको हो र त्यो हो कुनै पनि युवकयुवतीका निम्ति बिए गर्नु आवश्यक छ कि छैन ? बङ्गालको दृष्टिले यो गम्भीर समस्या हो ।’ मैले नरेन्द्रलाई सम्झाएँ ।

मध्यान्तर समाप्त भइसकेको थियो । हामी हलभित्र पस्यौँ र उस्तै गम्भीरतापूर्वक हेर्न थाल्यौँ ।
केटी युनिभर्सिटीको डिग्री लिने कुरामा गम्भीर छ कि छैन भन्ने कुरो भने बुझ्नै सकिएन ? उसले हिरोका अगाडि त बिए गर्ने कुरो मान्छे जुन जरुरी पनि छ तर जब हिरोले भन्छ तब ठाडै अस्वीकार गरिदिन्छे ! एकपटक त उसले खलनायकलाई बेसरी हपारी, ‘जेटा आमी भावी तेटा आमी कोरबो ।’ अर्थात् मलाई जे मन लाग्छ त्यही गर्छु । खलनायक झोक्कियो अनि ‘पख् न ! कहाँ पो जालिस् र ?’ भनेझैं गरी टाउको बङ्गयाएर छडी घुमाउँदै गयो गोरेटाबाट ।

एउटा दृश्यमा खलनायकले गाउँका कतिपय स्नेही मित्रजस्ता गुन्डाहरूलाई जम्मा गर्‍यो अनि रक्सी खुवाएर हिरोइन बिए गर्न तयार छैन भने अब के गर्ने भन भन्ने शैक्षिक समस्या अगाडि तेस्र्यायो । गुन्डाहरूलाई कुन कुरामा अचम्म लाग्यो भने खलनायकले यति भन्दा पनि त्यस केटीले बिए गर्न किन मानिरहेकी छैन त ! उनीहरूले रक्सी खाए अनि प्रश्नको गम्भीरतालाई बुझे । पछि उनीहरूले टल्किने छुरा र बन्चराहरू नचाएर के कसम खाए भने उनीहरू हुँदाहुँदै त्यस केटीले बिए नगर्ने ? यो त हुनै दिइन्न । उनीहरूले खलनायकसित वाचा गरे अनि खुट्टा बजार्दै निस्के ।

एउटा अर्को दृश्यमा हिरोइनकी साथीले हिरोइनलाई यसै विषयमा सम्झाउँदै भनी, ‘तिमी बिए किन गर्दिनौ ?’ अनि हिरोइनले पनि केही भनी जसको अर्थ सके यो हुँदो हो, हुन्छ, म गर्छु ।
मेरो विचारमा यसपछि त चलचित्र समाप्त हुनुपर्ने थियो । अन्तिम दृश्यमा हिरोइनलाई बिएको कक्षामा बसेको देखाएर ‘दि एन्ड’ गर्न सकिन्थ्यो तर त्यस्तो भएन । खलनायकका स्नेही मित्रहरूले नायकलाई लाठीकले पिटे । जवाफमा हिरोले पनि केही हात देखायो । शैक्षिक प्रश्नको समाधानको यस्तो निष्कर्ष होला भन्ने आशा थिएन । हिरोइनले हिरोको पाखुरामा पट्टी बाँधी र आफ्नो बाबुसँग कडा शब्दमा आपूmले बिए गर्ने घोषणा गर्दै भनी, ‘आमा के बिए कोरते केऊ थामाते पारबे ना ।’ (मलाई बिए गर्न कसैले रोक्न सक्दैन ।)

अनि सही पनि हो । यस स्वतन्त्र भारतमा कसैले बिएको अध्ययन गर्न चाहन्छ भने उसलाई कसले थाम्न सक्छ ? चित्रको अन्तमा हिरो हिरोइनको हात समातेर दर्शक तथा क्यामेराम्यानतिर पिठ्युँ फर्काएर एकातिर गयो । सके कलेज त्यतैतिर थियो होला !
बाहिर आएर नरेन्द्रले भन्यो, ‘मेरो विचारमा मूलतः यो चलचित्र दुई प्राइभेट कलेजका बिचको झगडामाथि बनाइएको हो । एउटा कलेजसित सम्बन्धित हिरो छ र अर्कोसित सम्बन्धित भिलेन । द्वन्द्व कुन कुरामा छ भने त्यस सुन्दरीले कहाँबाट बिए गर्छे ? ऊ भिलेनको कलेजबाट बिए गर्न चाहँदिन किनभने त्यहाँ बढी गुन्डागिरी छ । त्यसैले अस्वीकार गरिदिन्छे । अनि हिरो पढ्ने विद्यापीठ सम्भवतः बेस छ ।

‘बङ्गालीहरू पनि गजब गर्छन् । कति नयाँ थिम उठाएर फिल्म बनाउँछन् ?’ मैले भनेँ ।
पानको पसलमा भट्टाचार्य बाबु भेटिए ।
‘क्यों जोशी शाब, इधर कैशा आया ?’ (के हो जोशी साहेब, यता कसरी आउनुभयो ?)
‘फिल्म हेर्न आएको थिएँ दादा, बङ्गाली फिल्म ।’
‘अरे, तिमीले बङ्गाली बुझ्छौ ?’
‘बुझ्न त बुझ्दिनँ दादा । फेरि पनि हामीले सोच्यौं राम्रो फिल्म छ । हेर्नुपर्छ ।’
‘राम्रो छ, राम्रो छ ।’
‘टुङ्गो बुझिएन दादा !’
‘के बुझनौ ?’
‘हिरोइनले ग्य्राजुएसन गरी कि गरिनँ दादा ?
‘कस्तो ग्य्राजुएसन ?’ भट्टाचार्यले अचम्म मानेर भने ।
‘हिरोइन त भन्थी नि ‘मैले बिए गर्ने छु । मलाई कसैले रोक्न सक्दैन ।’’
भट्टाचार्य ‘ह ह ह ह’ गरेर जोरले हाँसे अनि बोले, ‘खुबै बुझेछौ तिमीहरूले ! अरे बिएको अर्थ ब्याचलर अफ आर्ट होइन । बिए अर्थात् बिहे हो, विवाह हो, म्यारेज हो ।’ अनि उनी जोर जोरले हाँस्न थाले ।

०००
जाेशीकाे ‘यह बंगला फिल्म’ निबन्ध बाट नेपाली अनुवाद 

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टेलिफोन

टेलिफोन

हरिशंकर परसाईं
आकस्मिक बैठक

आकस्मिक बैठक

भाेज अर्याल
चस्मा

चस्मा

लाेकेन्द्रबहादुर चन्द
गाँड

गाँड

तिलक राई
0
Would love your thoughts, please comment.x
()
x