साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीदको टुहुरो सपना

शहीदको सपना कुल्चिएरको माथि उठेको छ र ? देशको भाग्यमा आगो लगाएर कस्को विरासतमा ठडिएको छ र ? म शहीद भएँ, देशका लागि तिमी नेता भयौ, आफ्नै स्वार्थको लागि !

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

म शहीद नभएको भए,
देशकोलागि रगत नबगाएको भए,
न तिम्रो राजनीति अनुहार चम्किन्थ्यो
न तिम्रो सत्ता ढोका खुल्थ्यो,

मैले त देशका लागि,
मृत्यु स्वीकार गरेको थिए !
कलिलै उमेरमा बा, आमाको काख र
आफन्तहरूको माया त्यागेको थिए !

तर तिमीले त,
मेरै लासमाथि राजनीति गर्‍यौ !
स्वार्थको रोटी सेकायौ !
जनताको टाउकोमा गीर हानेर
आफ्नोलागि सुनको लङ्का बनायौ !
सत्ताको भर्याङ ठड्यायौ !

म त शहीद !
तर मेरा सपना त मरेका थिएनन् !
मेरो शरीर ढले पनि,
मेरो सिर ढलेको थिएन !

तर तिमीले त अति गर्‍यौ !
छेपारो जस्तै रङ्ग फेर्‍यौ
मेरै नाउमा
मेरै सपनाको हुर्मत लियौ,
मेरो ठाडो शिरमा छिनो चलाएर
कुशासनको अग्लो आसन बनायौ !

शहीद !
देशको स्वप्न द्रष्टा
देशको भाग्य विधाता

शहीदको सपना कुल्चिएर
काे माथि उठेको छ र ?
देशको भाग्यमा आगो लगाएर
कस्को विरासतमा ठडिएको
छ र ?

म शहीद भएँ, देशका लागि
तिमी नेता भयौ, आफ्नै स्वार्थको लागि !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x