साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तो कला सिक्नु छ

तात्तातो शिरबाट रक्त चुहुने पार्ने कला सिक्नु छ आफूमात्र बची सबै समरमा मार्ने कला सिक्नु छ

Nepal Telecom ad

अर्काको पसिना पिएर कसरी हो प्यास मेटाउने

अर्काकै भरमा हिँडेर कसरी गन्तव्य भेटाउने

पाकेका फल छिन्नु पर्छ कसरी भन्ने कला सिक्नु छ

बेला मौसम चिन्नु पर्छ कसरी भन्ने कला सिक्नु छ ||१||

 

के बोले जनता जुरुक्क सजिलै उठ्छन् कहाँ जान्दछु

के बोले दगुरेर ट्वाक्क शिरमै कुट्छन् कहाँ जान्दछु

तात्तातो शिरबाट रक्त चुहुने पार्ने कला सिक्नु छ

आफूमात्र बची सबै समरमा मार्ने कला सिक्नु छ ||२||

 

आफ्नालागि लडून् मरून् बरु सबै बन्ने म हो टाउके

आफ्नै होस् बल बुद्धि शत्रु नरहोस् बन्ने म नै माउते

हात्तीका शिरमाथि आसन हुने मात्रै कला सिक्नु छ

बाँकीमा अनि दैत्य शासन हुने मात्रै कला सिक्नु छ ||३||

 

ढुङ्गाका युगमा थिए ऋषिहरू ढुङ्गा पुजेरै गए

आफ्नो ज्ञान तमाम सर्वहितमा अर्पे र नाङ्गै भए

ऐलेको युगमा ममात्र कसरी बढ्ने कला सिक्नु छ

तुक्काका भरमा विकास चुचुरा चढ्ने कला सिक्नु छ ||४||

 

सत्तामाथि पुगेर घातक हुँदै टेक्ने कला सिक्नु छ

भत्तामाथि रमेर नाटक खुदै देख्ने कला सिक्नु छ

दोषारोपणका नयाँ र सजिला खेती गरी देशमा

हत्या गर्न तयार भै मुलुक यो बेच्ने कला सिक्नु छ ||५||

 

इङ्ल्याण्ड

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x