सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
आँबुखैरेनी-३, तनहुँमा २०२८ भाद्र २४ गते जन्मनु भएका अनिल श्रेष्ठ नेपाली साहित्यिक गतिविधिमा सक्रिय रूपमा लागिरहनु भएका स्रष्टा हुनुहुन्छ । ‘लुरी खोइ तिम्रो अस्मिता ?’ (२०४७) शीर्षकको रचना प्रकाशन गरेर नेपाली साहित्यकाे यात्रा शुरू भएकाे हाे । पहिलो कृतिको रूपमा ‘प्रजातन्त्र र पागल’ (कथासङ्ग्रह-२०५०) प्रकाशन गर्नु भएका श्रेष्ठका कविता, कथा, निबन्ध तथा संस्मरण गरी आठ कृति प्रकाशित छन् । अरोमा एसेन्स साहित्य सम्मान - २०६६ तथा शुक्ला प्रतिभा पुरस्कार - २०७९ गरी आधा दर्जनभन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गर्नु भएका श्रेष्ठ आँबुखैरेनी वाङ्मय परिषद तथा आँबुखैरेनी स्रष्टा समाजको अध्यक्ष हुनुहुन्छ । साथै विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरूमा आबद्ध हुनुहुन्छ । सम्पर्क नं. : ९८४६०६२५२४ इमेल : astha_anil71@ yahoo.com
विसर्जन

विसर्जन

मेरो अगेनासँग संशय छ सिंहदरबारलाई किनकि, मेरो अगेनाको राप हराएको छैन सिंहदरबारका काला छतहरुको कडा निगरानीले

पुरा पढ्नुहाेस्