वि.सं. १९९५ मा इलाममा जन्मिएका विष्णु नवीन नेपाली हास्यव्यङ्ग्यले बिर्सनै नसक्ने नाम हो । महाकवि देवकोटा, सम, लेखनाथ समेतको सहभागितामा वि.सं २००९ मा इलामको करफोकमा सम्पन्न राष्ट्रिय साहित्य सम्मेलनबाट प्रभावित हुँदै विष्णु नवीनको साहित्य यात्रा आरम्भ भएको हो । ‘श्रीमतीसँग एक दिन’ (२०२२), ‘छातीमा नआएका कुरा’ (२०२९), ‘सोझा नवीनका बाङ्गा निबन्ध’ (२०७८) नवीनका प्रकाशित हास्यव्यङ्ग्य कृति हुन् । ‘उनको स्मृतिमा’ (खण्डकाव्य, २०२४), ‘लोग्ने-स्वास्नी’ (कथासङ्ग्रह, २०३८) जस्ता कृति समेत प्रकाशित भएका नवीनलाई २०३७ सालमा झापाबाट अभिनन्दन र २०४४ मा मरणोपरान्त महानन्द पुरस्कारबाट सम्मान गरिएको थियो ।
विज्ञापन
कीर्तिशेष हास्यव्यङ्ग्यकार विष्णु नवीनप्रति फित्काैली डटकमकाे शब्दश्रद्धा सहित प्रस्तुत गर्दछ नवीनकाे २०२९ सालमा प्रकाशित याे निबन्ध
पुरा पढ्नुहाेस्

bishnu nabin
























