साइबर अपराध सम्बन्धी सचेतना सामग्री
हास्यव्यङ्ग्य शिल्पी विष्णु प्रभातको जन्म वि.सं. २००९ साल बैशाख १० गते माता मनकुमारी र पिता ऋषिराम अर्ज्यालका प्रथम पुत्रका रूपमा पाल्पाको मदन पोखरा- १ मा भएको हो । साहित्य क्षेत्रमा विष्णु प्रभातका नामले प्रख्यात भए पनि उहाँको खास नाम विष्णुप्रसाद अर्ज्याल हो । बाल्यकालदेखि नै केही रचनात्मक कार्य गर्न मन पराउने प्रभातले एम.ए. (नेपाली २०५२) बी.एड. अध्यय गर्नु भएकाे छ । भैरव अर्यालमा केन्द्रित विद्यावारिधिकाे शोध भने अधुरै रहेकाे छ । प्रभातको साहित्य लेखन वि.सं. २०२९ सालबाट शुरु भएको हो । उहाँको पहिलो प्रकाशित रचना (कविता विधाको) ‘म जगत हेर्दै थिएँ’ हो । यो कविता पाल्पाबाट प्रकाशित श्रीनगर पत्रिका (२०२९) मा छापिएको थियो । समालोचक, कवि, दार्शनिक, एवं हास्यव्यङ्ग्य निबन्धकार विष्णु प्रभातका हालसम्म झण्डै बाइसवटा कृतिहरू प्रकाशित छन् । ती मध्ये ‘खुर्सानी पुराण’(२०५१), ‘खुच्चिङ्’ (२०५३), ‘खुलदुली’ (२०५६), ‘खुलैखुला कुरा’ (२०५७), ‘खुराक’ (२०६०), ‘खुसखुस कम्पनी’ (२०६०) हास्यव्यङ्ग्य कृतिहरू हुन् ।
वासुदेव लुइँटेल : जिउँदै स्वर्ग…

वासुदेव लुइँटेल : जिउँदै स्वर्ग…

मान्छे समयसँगै त हिंड्नुपर्छ । जसले समयको गुणधर्मलाई त्याग्छ त्यो मरेर बाँचे पनि जिउँदो रहुन्जेल मरेको

पुरा पढ्नुहाेस्
कवि भानुभक्तलाई मरणोपरान्त पनि कैद

कवि भानुभक्तलाई मरणोपरान्त पनि कैद

राम्रो काम गरे पुरस्कृत भइन्छ, नराम्रो काम गरे झेलखान गइन्छ भन्ने कुरा सुनी मालुम भईआएको हुँदा

पुरा पढ्नुहाेस्
श्याम गोतामेको सम्झनामा जदौ !

श्याम गोतामेको सम्झनामा जदौ !

अलि बूढो छाँटको चस्मा नाकले थमाएका, दुब्लोपातलो ज्यान भएर पनि ज्ञानको अभिमानले गमक्क परेका, थोरै बोल्ने

पुरा पढ्नुहाेस्
नाम

नाम

जे छ नाममा छत्यसैले सर्वप्रथम न्वारन गरिन्छ । काम जस्तोसुकै होस्,दाम पाउनेहरूघाटसम्मै नाम जप्छन्एकोहोरो शङ्ख बज्दा

पुरा पढ्नुहाेस्
डण्ठा महिमा

डण्ठा महिमा

बाचा बन्धनका मीठा महकिला मान्दैन आश्वासननेता गन्थनका तीता जहरिला जान्दैन सम्भाषणजे जे पर्छ परोस् मरोस् रहरिलो

पुरा पढ्नुहाेस्
कला–साहित्यमा हास्यव्यङ्ग्य–शैली

कला–साहित्यमा हास्यव्यङ्ग्य–शैली

कला–साहित्यको व्यापक र विराट बगैंचामा अनेक शिल्प–चातुर्यका प्रयोगहरू भइआएका छन् । साहित्यका क्षेत्रमा खासगरी संस्कृत वाङ्मयको

पुरा पढ्नुहाेस्
बाह्रौँ खेलाडीको गन्थन – सङ्क्षिप्त मन्थन

बाह्रौँ खेलाडीको गन्थन – सङ्क्षिप्त मन्थन

सिरी तीन सर्खारका शासनकालमा भयाको शहीद पर्वभन्दा एक्कै वर्षअघि जन्मेर त्यो नढल्दै कविता कोर्न थालेका महावीर–लक्ष्मीपुत्र

पुरा पढ्नुहाेस्
कोकशास्त्रको विकल्प जोकशास्त्र

कोकशास्त्रको विकल्प जोकशास्त्र

जोकशास्त्र सुन्न जुटेका, उठेका–बसेका, छोटा–बडा, नर–नारी, सर्वलिङ्गि, जाति–नजाति गन्यमान्य जान्ने–नजान्ने जोकशास्त्रप्रेमीलाई सर्वप्रथम दर्शनशास्त्रीय जदौ ! भदौ

पुरा पढ्नुहाेस्
व्यङग्यऋषिको ‘गजवाष्टक’ हेर्दा

व्यङग्यऋषिको ‘गजवाष्टक’ हेर्दा

जति गजबका लेखक हुन्छन् त्यति गजबको लेखाई नहुन सक्छ । व्यक्ति र कृतिको साइनो जोइनो झैँ

पुरा पढ्नुहाेस्
घोडाहरू/घोडीहरू

घोडाहरू/घोडीहरू

लामो यात्राका लागि छानेका घोडाहरू घोडा नभएर गधा परेछन् चङ्गेज खाँको घाँसे मैदानमा चरेर जङ्गबहादुरको नाचघरमा

पुरा पढ्नुहाेस्