विद्यादेवी दीक्षित र केदारमणि आचार्य दीक्षितका सुपुत्र कमलमणि दीक्षितको जन्म १९८६ भदौ १२ गते टङ्गाल, काठमाडौंमा भएको हो । मदन पुरस्कार गुठीका अध्यक्ष समेत रहेका दीक्षित २००० सालमा ‘पुतली’ शीर्षकको कविता प्रकाशन गरेर नेपाली साहित्यमा प्रवेश गरेका हुन् । उनको पहिलो कृति भने ‘यस्तो पनि’ (२००१) प्रकाशन भएको थियो । यसैगरी उनका ‘उखान मिलेन’ (२०३७), ‘कथ्य कि तथ्य’ (२०३७),‘नुनको खोजीमा’ (२०४१) लगायत दर्जन बढी कृतिहरू प्रकाशित छन् । ‘जङ्गबहादुरको बेलायत यात्रा’ (२०१४), ‘कवि हरिदासको ध्रुवचरित्र‘ (२०१५) लगायत अनेकाैँ पुस्तक तथा काव्यको सम्पादन गरेका दीक्षितले ‘रत्नश्री स्वणर्पदक’ (२०४४), ‘महेन्द्र प्रज्ञा पुरस्कार’ (२०६०), ‘सुप्रवल गोरखा दक्षिणबाहु’ (२०५६) लगायत थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरेका थिए । दीक्षितकाे ८७ वर्षको उमेरमा २०७३ साल पुस १४ गते निधन भएको हाे ।
‘एक पेज’ : सन्दर्भ वासुदेव
‘हामी दूरभाषी भयौ’ भनेर ‘मुखपतित’ भैसकें म वासुदेव लुइटेलका बारेमा लेख्ता । तैपनि छाडेनन् नरनाथ लुइटेलले
पुरा पढ्नुहाेस्

kamal mani dixit


























