मीनारुपा र रामनाथ पोखरेलका सुपुत्र कोमलप्रसाद पोखरेल वि.सं. १९९९ असार ३ गते तोरीबारी, इलाममा जन्मिनुभए पनि हाल सुरूङ्गा, झापा बस्नु हुन्छ । प्राध्यापन सेवाबाट निवृत पोखरेलले एम.ए सम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएको छ । २०२० सालमा ‘शिरमाथि नेपाल आमालाई’ शीर्षकको कविता प्रकाशनपछि नेपाली साहित्यमा प्रवेश गर्नुभएका पोखरेलको पहिलो कृति ‘मेरो सूर्य’ (२०५१) प्रकाशित भएको थियो । उहाँका ‘हाउडे पुराण’ (२०५२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह र ‘अन्तर्व्यथा : आजको’ (२०६०) कथासङ्ग्रह प्रकाशित छन् ।
घूसमा हुन्छ होली
हाम्रा नेता जनरगतमा खेल्दछन् नित्य होली, मन्त्री हाम्रा रगतपसिना पिउँदछन् आज भोलि अड्डा कार्यालयतिर पस्यो घूसमा
पुरा पढ्नुहाेस्केही उत्तरआधुनिक नमस्कारहरू
नमस्कार यो धेरै प्रचलित अनि हरबखत प्रयोग हुने शब्द हो । यसका पर्यायका रूपमा नमस्ते, दर्शन,
पुरा पढ्नुहाेस्कवि बन्न खोज्दा
आजन्म घाँसी हुन घाँस काटियो,चुरोटमा दैनिक नोट साटियो ।कपाल दाह्री लटरम्म पालियो,तथापि फुर्दैन कवित्व, हारियो ।।
पुरा पढ्नुहाेस्मच्छड संस्कृति : झुलभित्र र बाहिर
मच्छड शब्दको अक्षरीकरण गर्दा यसमा दुई अक्षर रहेको पाइन्छ भने वर्णगत हिसाबमा म्+अ+छ्+अ+ड् = मच्छड भएको
पुरा पढ्नुहाेस्आधुनिक कन्यादान सङ्कल्प
भताभुङ्गम्! भताभुङ्गम्!! भताभुङ्गम् !!! लथालिङ्गम्! लथालिङ्गम्!! लथालिङ्गम्!!! छरपस्टम्! छरपस्टम्!! छरपस्टम्!!! अद्येह श्रीमद् हाउडी पुराणस्य सिंहदरबार, मन्त्री
पुरा पढ्नुहाेस्

काेमलप्रसाद पोखरेल























