साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘परावर्तन’ मुक्तकसङ्ग्रहभित्रको व्यङ्ग्य चेतना

देशको विकासमा नागरिक र समाजको पनि दायित्व हुन्छ तर त्यसको नेतृत्व सरकारले गरेको हुन्छ । देशको गरिबी र बेरोजगारीप्रति सरकार उदासीन बनेको देख्दा मुक्तककार निकै चिन्तित र आक्रोशित देखिन्छन्

Nepal Telecom ad

युवा साहित्यकार रेहित सैजु ‘परावर्तन’ मुक्तकसङ्ग्रह सार्वजनिक गर्दै नेपाली साहित्यमा झुल्किएका छन् । मुक्तकसङ्ग्रहभित्र उनका भावनाहरू कतै देशझैँ अग्लिन्छन्, कतै मानवीय भावनामा सङ्लिन्छन्, कतै प्रेममा पग्लिन्छन् र कतै व्यङ्ग्य चेतनामा गर्जिन्छन् । रेहित सैजु ज्यादै विनम्र र सहृदयी युवा हुन् तर उनका मुक्तकहरूमा कतै सन्तुलित र कतै आक्रामक व्यङ्ग्य चेतना पाइन्छ ।

यस मुक्तकसङ्ग्रहभित्र साहित्यकार रुद्र ज्ञवालीको ‘परावर्तनभित्रको आवर्तन’ समीक्षात्मक लेखमा मुक्तकहरूको सैद्धान्तिक पक्ष, यस सङ्ग्रहभित्रका विषय पक्ष र रेहित सैजुका मुक्तकहरूमा पाइने चिन्तनको मूल्यबोध गर्दै सन्तुलित विश्लेषण गरिएको छ । सिद्धान्तको कसीमा मुक्तकहरूको गहन विश्लेषण र मूल्यबोध गर्नु त्यसका अध्येताको सामथ्र्यको कुरा हो । त्यो सामथ्र्य मसँग छैन ।

यस आलेखमा ‘परावर्तन’ मुक्तक सङ्ग्रहभित्र पाइने व्यङ्ग्य चेतनाको संक्षिप्त चर्चा गर्ने प्रयत्न गरिएको छ ।

देशको विकासमा नागरिक र समाजको पनि दायित्व हुन्छ तर त्यसको नेतृत्व सरकारले गरेको हुन्छ । देशको गरिबी र बेरोजगारीप्रति सरकार उदासीन बनेको देख्दा मुक्तककार निकै चिन्तित र आक्रोशित देखिन्छन् :

सयौँ युवाका सपनाहरू तुहिएको देख्दैन सरकार
कणर्ालीमा जडिबुटी कुहिएको देख्दैन सरकार
तर पनि देशलाई यस्तो उस्तो बनाउँछु भन्छ ऊ
कठै ! झुपडीको छानो चुहिएको देख्दैन सरकार ।

नेपाली समाजमा अन्धविश्वासका धेरै जराहरू उखेल्न बाँकी छ । राजनीतिक र सांस्कृतिक दृष्टिकोणले समावेशिताको मुद्धा निकै बहसमा छ । तर त्योभन्दा बढी पेचिलो विश्वव्यापी विषय हो- शदियौँदेखि चलिआएको पितृसत्तात्मक व्यवस्था, राजनीतिक, सामाजिक र लैङ्गिक समावेशिताको मूल्यबोध गर्दै उनी तिखो कटाक्ष गर्छन् :

रुढि चलन, सङ्कीणर् विचार बदलियो कि बदलिएन
लैङ्गिक विभेद अनि व्यवहार बदलियो कि बदलिएन
प्रश्न छ एउटै मेरो समावेशीकरण बनाउँछु भन्नेलाई
पितृसत्तात्मक हाम्रो संस्कार बदलियो कि बदलिएन ?

नेपाली राजनीतिमा बढ्दै गएको सत्तालिप्सा, सुविधाभोगी प्रवृत्ति, भष्ट्राचार र ढाँट प्रवृत्तिलाई चोटिलो प्रहार गर्दै मुक्तककार लेख्छन् :

ढाट्नुस, छल्नुस् सकेसम्म सत्ता मिलिहाल्छ
सत्ता हातमा परेपछि भोजन लत्ता मिलिहाल्छ
पुग र नपुग कुरा त आवश्यकतामा भर पर्ने हो
उमेर जोड्नुस् नागरिकतामा भत्ता मिलिहाल्छ ।

स्वास्थ्य, शिक्षा, सडकलगायत क्षेत्रको यथार्थप्रति सुन्दर बिम्बको प्रयोग गर्दै मुक्तककार सन्तुलित व्यङ्ग्य गर्छन् :

तुइन हटेको छैन, खोलामा पुल भेटिँदैन
अस्पताल छैन, गाउँमा स्कुल भेटिँदैन
विकट कर्णाली सधैँ रोइरहेको देख्छु
मुहारमा मुस्कुराएको अहँ फूल भेटिँदैन ।

यसका साथै मुक्तक सङ्ग्रहभित्र नेपाली समाजमा रहेको अरूको उन्नति देखिनसहने, खुट्टा तान्ने, ज्यादै स्वार्थी र व्यक्तिवादी चरित्रप्रति पनि चोटिलो व्यङ्ग्य गरिएको पाइन्छ ।

अन्त्यमा,
मुक्तक लेखनमा सुन्दर भावना र उज्वल सम्भावनाको नाम हो रेहित सैजु । आगामी कृतिमा अझ सुन्दर प्रतीक र बिम्बको प्रयोग, चोटिलो व्यङ्ग्य चेतना, सौन्दर्यबोध र सैद्धान्तिक दृष्टिकोणले पनि सुन झैँ खारिएका मुक्तकहरूका साथमा आउने अपेक्षासहित ‘परावर्तन’ मुक्तक सङ्ग्रह प्रकाशित गर्न सफल हुनुभएकोमा हार्दिक बधाई दिन्छु । अस्तु ।

०००
सूर्यविनायक, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तिरोहित देशभक्ति

तिरोहित देशभक्ति

केशव ज्ञवाली ‘आगत’
देशको घर

देशको घर

केशव ज्ञवाली ‘आगत’
देश खोजिरहेको छु म

देश खोजिरहेको छु म

केशव ज्ञवाली ‘आगत’
देश

देश

केशव ज्ञवाली ‘आगत’
लहैलहैमा

लहैलहैमा

केशव ज्ञवाली ‘आगत’
परिदृश्य

परिदृश्य

केशव ज्ञवाली ‘आगत’
0
Would love your thoughts, please comment.x
()
x