साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली (काव्य शृङ्खला- ६)

आशाका रास बोकी कति दिन रहने राष्ट्रमा नै छ दुःख हे देवी लौ सबैको सहजपल बता लोक देखूँ मुसुक्क ?!!

Nepal Telecom ad

जेठा बाको गुनासै गुनासो !! लोक देखौँ मुसुक्क !!

छोराछोरी पढाएँ कठिन अति थिए अर्थ केही कमाएँ
शिक्षामा दक्ष पारेँ सकल सुतसुता हर्ष ठान्दै रमाएँ
गाह्रो सारो सबैमा अपुग छ धनको छैन खै आय राम्रो
हे देवी वृद्धवेला सुखसयल भनिस्, लाग्न थाल्यो नराम्रो !!
(२६)

नातागोता र भ्राता अझ नजिक हुने साथका इष्टमित्र
मेरै लिन्थे भरोसा विविध विषयमा चित्त हुन्थ्यो पवित्र
बस्दा जो पञ्चभेला वरपर जनले साथ लिन्थे मलाई
सम्झिन्नन् आज कोही विरह छ दिलमा छैन मेरो कमाई !!
(२७)

आत्मा जोडेर हिँड्ने वयपन रहँदा दौँतरी भद्र साथी
डुल्दै होलान् कता खै सुखसयल वा दुःखका भास माथि
मेरो जस्तै थलामा प्रणयपथ टुटी एकपाटे भएका
कस्ता छन् वृद्धवृद्धा सहज छ अथवा तड्पदै छन् बसेका !!
(२८)

भोका नाङ्गा अपाङ्गा डगर बगरमा नित्य खोज्ने सहारा
भारी बोक्दै चहार्ने सहर वन गुफा राष्ट्रका सर्वहारा
त्यस्तै छन् वा सुधारे दिनकर अहिले सम्झना लाग्छ भारी
सत्तामा के छ खाका विचलित जनका पूर्ण पार्ने भकारी !!
(२९)

मेरो आफ्नै छ गाह्रो कुमुद मुलुकमै आज देखिन्छ गाह्रो
चिन्ताले डस्छ धेरै असक मनुजमा लाग्छ कि झन् तगारो
आशाका रास बोकी कति दिन रहने राष्ट्रमा नै छ दुःख
हे देवी लौ सबैको सहजपल बता लोक देखूँ मुसुक्क ?!!
(३०)

(क्रमशः)

०००
२०७९/१०/६
ताप्लेजुङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x