फित्काैली डटकमज्येष्ठ नागरिकहरूको भेला
भेलालाई ज्येष्ठ नागरिकहरूका तर्फबाट छत्रभूषण दाहाल, खोदनाथ चापागाईं नगर समाजका अध्यक्ष विजय पौडेल, देवेन्द्र बर्तौला लगायतले सम्बोधन गर्नुभएको थियो ।
काठमाडाैं, पौष ११ गते, मनोहर वस्ती, पुरानो सिनामङ्गल स्थित न्हाकटी मन्दिरमा राधा भट्टको संयोजन तथा गीता कार्कीको सञ्चालनमा ज्येष्ठ नागरिकहरूको भेला सम्पन्न भयो।
सो भेलालाई ज्येष्ठ नागरिकहरूका तर्फबाट छत्रभूषण दाहाल, खोदनाथ चापागाईं नगर समाजका अध्यक्ष विजय पौडेल, देवेन्द्र बर्तौला लगायतले सम्बोधन गर्नुभएको थियो ।
डा. नन्दिता आचार्यले स्वास्थ्यसम्बन्धी समस्या र समाधानबारे बोल्नुभएको थियो भने अन्य वक्ताहरूले ज्येष्ठ नागरिकहरूका विविध खाले समस्याहरू देखाउनु भएको थियो। अन्त्यमा नगर समाजका अध्यक्ष पौडेलले समाधानका उपायबारे चर्चा गर्दै त्यसका लागि आफूहरू पनि सक्रिय भएर लाग्ने कुरा बताउनु भएको थियो।
भेलाले सन्तानहरूको बेफुर्सदी, बेवास्ता, वा घरमा नहुनु जस्ता विविध समस्यबारे चर्चा गर्दै त्यसका लागि समिति गठन गरी अझ अरू अरू खालका हुन सक्ने समस्या पहिचान गरी समाधान खोज्ने निष्कर्ष निकालेको थियो ।
०००
– डिल्लीराज अर्यालद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest











































