साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वास्थ्य अभियान र आमाहरूको सम्मान

गिठेपानी फुर्शेखाली स्थित श्री आधारभूत विद्यालय गिठेपानी परिसरमा सम्पन्न भएकाे हाे । कार्यक्रमकाे अध्यक्षता श्री मात्रिकाप्रसाद पाण्डेले गर्नुभएकाे थियाे ।

Nepal Telecom ad

दाङ, २०८१ वैशाख २६ । मातातीर्थ औंसीका दिन नमस्ते स्वास्थ्य अभियानको आयोजनामा बिहानै आमाहरूको सम्मान गरिएको छ।

कार्यक्रममा घोराही- १८ दाङ गिठेपानी फुर्शेखाली स्थित श्री आधारभूत विद्यालय गिठेपानी परिसरमा सम्पन्न भएकाे हाे । कार्यक्रमकाे अध्यक्षता श्री मात्रिकाप्रसाद पाण्डेले गर्नुभएकाे थियाे ।

मुख्य अतिथि पार्वता स्मृति साहित्य प्रतिष्ठानका संस्थापक सुरेशकुमार पाण्डे र देवी पाण्डे हुनुहुन्थ्यो।

उपस्थित जनमानसलाई केशरबहादुर रावतले स्वागत गर्नुभयो। आफ्नो स्वागत मन्तव्यमा आफ्नो मुख्य उदेश्य स्वस्थ हुनु हो भन्नुभयो। समाजमा सबैखाले विकृतिहरूको बिरोध गर्ने बताउनुभयो।

कार्यक्रममा नमस्ते स्वास्थ्य अभियानका अध्यक्ष तथा बाह्र वाडाका सदस्य मात्रिकाप्रसाद पाण्डेले नमस्ते स्वास्थ्य अभियानको तर्फबाट आमाहरूलाई मिठाई तथा फलफूल वितरण गर्नुभयो।

असी वर्ष पुरा भएका एघार जना वृद्धा आमाहरूलाई सुरेशकुमार पाण्डे र श्रीमती देवा पाण्डेद्वारा आमा पार्वताको सम्झनामा पार्वता स्मृति साहित्य प्रतिष्ठानको तर्फबाट दाेसल्ला (लोही)ओढाएर आमाहरूलाई सम्मान गरिएकाे थियो।

सो अवसरमा उहाँले “आमाहरूको सम्मान उनीहरू जीवित छँदै गर्नुपर्छ, मरेर गरिने दानपुन्य भन्दा जीवित छँदै औषधी उपचार र सबै छोरा बुहारीहरूले मिठो बोल्ने र सम्मान दिनुपर्छ भन्नु भयाे । सबै छोरी जात बुहारी र आमा सासू बन्ने नै हो भन्दै छोरी बुहारीमा समानता हुनुपर्छ र कुरितीको विरोध गर्नुपर्छ” भन्नुभयो।

कार्यक्रमामा श्रीमती डेमा पाण्डेद्वारा गीत र श्रीमती अम्बिका भट्टराईद्वारा आमा सम्बन्धी मुक्तकहरू पनि वाचन गरिएकाे थियाे । साथै सबै आमाहरू संयुक्त रूपमा नाच्नु भएकाे थियो ।

अन्तमा सभाध्यक्षद्वारा आगामी कार्यक्रमको घोषणा सहित कार्यक्रम समापन गरिएको थियो ।

०००
-सुरेशकुमार पाण्डेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x