साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकै दिन दुई जिल्लामा बुढ्यौली साहित्य समाज गठन

Nepal Telecom ad

माेरङ, २०८१ जेठ ५ । एकै दिन सुनसरी र मोरङमा बुढ्यौली साहित्य समाजका जिल्ला समितिहरू गठन भएका छन् ।

सुनसरीको इनरुवामा लीलानाथ सिल्वालको सभाध्यक्षता तथा रमेशमोहन अधिकारीको प्रमुख आतिथ्यमा बनेको बुढ्यौली साहित्य समाजको अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष तथा सदस्यहरूमा क्रमशः श्रीप्रसाद पोखरेल, राधा सुवेदी, रमेन्द्र कोइराला, शकुन्तला मञ्जरी, द्वारिकाप्रसाद पोखरेल, लीलानाथ सिल्वाल, पी पी कोइराला, शुक्रराज कुँवर, रामानन्द मण्डल र झोटन मेहता हुनुहुन्छ ।

यसै गरी विराटनगरमा विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको साहित्यकारहरुको भेलाले बुढ्यौली साहित्य समाज मोरङ गठन गरेको छ । यस समितिमा प्रा. डा. मेदिनी शर्मा नेपाल संयोजक, भूषण ढुङ्गेल सहसंयोजक, शम्भुप्रसाद भट्टराई सचिव, सरला चापागाईं कोषाध्यक्ष तथा राधिका गुरागाई, गङ्गाधर कट्टेल, लोचन रिजाल, उमानाथ सागर र बाबुराम पोखरेल सदस्यका रूपमा रहनुभएको छ ।

मोरङको कार्यक्रममा बलराम पोखरेल, कविराज न्यौपाने, मधु पोखरेल, प्राज्ञ खेम नेपाली, प्राज्ञ गङ्गा सुवेदी तथा शिवनारायण सिङ्गलले आआफ्ना रचना सुनाउनुभएको थियो ।

दुवै जिल्लाका कार्यक्रममा बुढ्यौली साहित्य समाजका रमेशमोहन अधिकारीले बुढ्यौली साहित्यका बारेमा बताउनुभएको थियो भने जनार्दन खनालले बुढ्यौली कविता सुनाउनुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x