फित्काैली डटकमबुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीको आठाैँ शृङ्खला
संस्थाका अध्यक्ष लम्बोदर काफ्लेले सभाध्यक्षता गर्नुभएको थियो भने संस्मरणकार डा.शालिग्राम शर्माको प्रमुख आतिथ्य रहेको थियो ।

राैतहट, २०८१ पुस २७ । बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीको आठाैँ शृङ्खला सर्लाहीमा सम्पन्न भएको छ ।
`बुढ्यौली बिलौना´ शीर्षकमा माध्यमिक तहका विद्यार्थीलाई कविता लेखन तथा वाचन गराइएको सो कार्यक्रममा सहभागी बाह्रै जना विद्यार्थीहरूलाई कापी तथा कलम उपहारका रूपमा दिइएको थियो ।
कार्यक्रममा नियात्राकार रमेशमोहन अधिकारी, बज्जिका अभियन्ता शिवचन्द्र शाह, सरिता दाहाल, गङ्गाबहादुर दाहाल, यादव प्रसाईँ, शङ्कर झा, श्रीहरि पुडासैनी, डिल्लीरमण भट्टराईलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने हरिकृष्ण काफ्ले, रामचन्द्र पौडेल, कुमार दाहाल कुसुम, प्रेम घिमिरे, रामचन्द्र कुशवाहा, विन्दा साहनी, रामप्रसाद अधिकारी, राजेश्वरी काफ्ले, मीना देवकोटा, उत्तम दाहाल, सीता पन्थी, हरिकृष्ण बराल, प्रदीप धनञ्जय, जीवन आचार्य, अर्चना काफ्ले लुइँटेल, कविराज सुवेदी, अर्जुन थापा, केदार सिग्देल, नित्यानन्द कँडेल, लक्ष्मण पौडेललगायतले कविता, मुक्तक, गजल तथा चारु वाचन गर्नुभएको थियो ।
कार्यक्रमका मुख्य प्रायोजक केशवबहादुर दाहाललाई सम्मान गरिएको सो कार्यक्रममा बुसास रौतहट-सर्लाहीका सदस्य घनश्याम पन्तले उद्घोषण, सुमित्रा आचार्यले स्वागत तथा संस्थाका अध्यक्ष लम्बोदर काफ्लेले सभाध्यक्षता गर्नुभएको थियो भने संस्मरणकार डा.शालिग्राम शर्माको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रम श्री ५ महेन्द्र जनता माध्यमिक विद्यालय कर्मैया, वाग्मती-११ मा भएको थियो ।
०००
-रमेशमाेहन अधिकारीकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest












































